एक किलो नुनको पचास रुपैयाँ
सोलुखुम्बु– सरकारले सहुलियतमा दिएको नुन प्रतिकिलो कति रुपैयाँ पर्ला रु धेरैको अनुमान हुन सक्छ १०/१५ रुपैयाँ । तर जिल्लाको बुङ, छेस्काम र गुदेलमा सहुलियतको नुन प्रतिकिलो रु ५० तिर्नुपर्छ ।
सदरमुकाममा प्रतिकिलो नौ रुपैयाँमा पाइने नुन जिल्लाको छेस्काममा प्रतिकिलो रु ५०, गुदेलमा रु ४८ र बुङमा रु ४० मा बिक्री भइरहेको छ । सहुलियतभन्दा बाहेकको नुन भने छेस्काममा प्रतिकिलो रु ६०, गुदेलमा रु ७५ र बुङमा रु ६० का दरले बिक्री गरिँदै आएको छ ।
यी गाविसमा ढुवानी भाडा महँगो पर्ने भएकाले सरकारले सहुलियतमा दिएको नुन महँगो पर्न गएको हो । गाविसमा रहेका विभिन्न क्लबले वडा तथा गाविसस्तरको नुन जिम्मा लिएर सदरमुकाम सल्लेरीबाट ढुवानी गर्दा महँगो परेको छेस्कामका शङ्कर कुलुङले बताए । सल्लेरीबाट ती गाविससम्म खच्चडमार्फत नुन ढुवानी गर्दा प्रतिकिलो रु ३५ तिर्नुपर्छ ।
ढुवानी र नुन जिम्मा लिएर वितरण गर्ने व्यक्तिलाई पारिश्रमिक, केही टुटफुटको भागसमेत राख्दा त्यहाँ सहुलियतको नुन प्रतिकिलो रु ४० देखि रु ५० सम्म पर्न गएको गुदेलका तारा कुलुङको भनाइ छ । व्यक्ति आफै सदरमुकाम आएर केही पोका नुन लैजान असम्भव भएको कारण संस्था तथा क्लबले जिम्मा लिएका हुन् ।
नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले सदरमुकामसम्म मात्र ढुवानी अनुदान उपलब्ध गराएकाले दुर्गमका बासिन्दा महँगीको चपेटामा परेका हुन् । नेपाल खाद्य संस्थानले जिल्लाको सोताङसम्म ढुवानी अनुदान उपलब्ध गराएकाले त्यस क्षेत्रका बासिन्दाले चामलमा केही सहुलियत पाएको भए पनि नुनमा दिएको सहुलियतले आफूलाई खासै फाइदा नभएको बताएका छन् । नुनमा ढुवानी अनुदान उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण