विद्यार्थी कुट्ने शिक्षकमाथि कारबाही माग
मोरङ– विराटनगर–२ मा रहेको युरोकिड्स नेपाल नामक विद्यालयका कक्षा ५ का ११ वर्षीय मधु मारुलाई कुटपिट गरी घाइते बनाएको विरोधमा अभिभावकले शिक्षकलाई कारबाहीको माग गरेका छन् ।
विद्यालयका शिक्षक महेश कटुवालले विद्यार्थी मारुलाई कुटपिट गरेपछि निजका अभिभावक र स्थानीयवासीले विद्यालय व्यवस्थापनलाई आगामी दिनमा कुनै पनि विद्यार्थीलाई कुटपिट तथा दुव्र्यवहार नगर्न चेतावनी दिँदै विद्यालय घेराउ गरेका हुन् ।
मारुलाई नेपाली गीत गाउन नजानेको आरोपमा कटुवालले फलामको छडीले ढाडमा निर्घात कुटपिट गरेको पीडितका हजुरबुबा प्रकाशले आरोप लगाए ।
सो विद्यालयका प्रशासन प्रमुख सन्तोष न्यौपानेले सो घटनाबारे आफूले बुझ्ने र दोषीमाथि कारबाही गर्ने आश्वासन दिए । सो घटनाका कारण विद्यालय तनावग्रस्त बनेको छ । यसअघि पनि विद्यार्थी कुटपिट गर्ने सो विद्यालयका एक शिक्षकलाई निष्काशन गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण