भारततर्फ लैजाँदै गरिएका दुई युवतीको उद्धार
मङ्गलबार, १९ माघ २०७२, १५ : २६
झापा– सिन्धुपाल्चोक जिल्लाबाट भारततर्फ लैजाँदै गरिएका दुई नेपाली युवतीलाई झापाको ‘साना हातहरू नेपाल’ नामक संस्थाले भद्रपुरबाट उद्धार गरेको छ । संस्थाका अध्यक्ष जगतबहादुर वाग्लेकाअनुसार गत आइतबार किर्तामोडबाट बस चढेर आएका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१४ की १८ वर्षीया रुपा पाख्रिन र कुलेखानी गाविस–७ की २० वर्षीया सरिता स्याङ्देनलाई चन्द्रगढीबाट उद्धार गरिएको हो ।
दुवैलाई रोजगारी दिलाउनका लागि दुवई लैजाने भन्दै मानव बेचबिखनमा संलग्न गिरोहले भद्रपुरको नाका हुँदै भारत लैजान लागेको थियो ।
प्रहरीको सहयोगमा चन्द्रगढीमा ती युवतीलाई सोधपुछ गर्न लाग्दा गिरोहका दलाल फरार भएको वाग्लेले बताए । उद्धार गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यालय झापाको सिफारिसमा ‘साना हातहरू नेपाल’को भद्रपुरस्थित आश्रयस्थलमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण