क्राइम अपडेट : २४ घण्टामा के–के घटना घटे त राजधानीमा ?
काठमाडौं– माघ १८ गते उपत्यकामा कहाँ के घटना घटे त ? नेपाल प्रहरीका अनुसार माघ १८ गते उपत्यकामा घटेका घटनाहरु यस्ता छन् :
मृत अवस्थामा फेला ललितपुर उप–महानगरपालिका–१७ स्थित लक्ष्मीदेवी सिंहको ५ तले घरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भारत हिमाञ्चल प्रदेश घर भएका ६३ वर्षीया रजनी भन्ने ईश्वरी प्रधान आफ्नै कोठाको भुँइमा मृत अवस्थामा फेला परेका हुन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा शवको जाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि शिक्षण् अस्पताल पठाइएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जना एको छ ।
मृत अवस्थामा फेला काठमाडौं नगरपालिका–१६ वसन्तनगरस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउसमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । नुवाकोट किन्ताङ–५ घर भएका ३६ वर्षीय सुर्य बहादुर गुरुङ सुतेको अवस्थामा नै कोठा नम्बर १०१ मा मृत फेला परेका हुन् । महानगरीय अपराध अनुसन्धान शाखा तथा फरेन्सी मेडिकल विभागका डाक्टर र महानगरीय प्रहरी बृत बालाजुबाट खटिएको टोलीले घटनास्थलमा पुगी शवको जाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि शिक्षण अस्पताल पठाइएको र थप आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
कालोबजारी गर्ने मानिस नियन्त्रणमा काठमाडौं महानगरपालिका-५ कालोपुलस्थित हिरारत्न हल अगाडि कालोबजारी गर्ने एक जना पक्राउ परेका छन् । मनकामना ग्याँस डिपो पसलबाट कालोबजारी गरी ग्याँस विक्री वितरण गरिरहेको अवस्थामा ५० वर्षीय धुव्र मुनिकारलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा त्रिशुल ग्याँस २३ थान, सगर ग्याँस थान ३ र हिमाल ग्याँस थान ५ गरी जम्मा ३१ थान ग्याँस बरामद गरेको हो । निज ध्रुव मुनिकारलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखी, अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण