भूकम्पपीडितको त्रिपाल खरिदमा ३५ लाख अनियमितता गरेको भन्दै काठमाडौंका एलडिओसहित ६ विरुद्ध मुद्दा दायर
काठमाडौं– भूकम्पपीडितलाई वितरण गर्नका लागि सरकारी कोषबाट खरिद गरिएको त्रिपालमा ३५ लाखभन्दा बढी भ्रष्टाचार गरेको भन्दै काठमाडौंका स्थानिय विकास अधिकारी तिर्थराज भट्टराई सहित ६ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भूकम्पपीडितलाई वितरण गर्नका लागि सरकारी कोषबाट खरिद गरिएको त्रिपालमा ३५ लाखभन्दा बढी भ्रष्टाचार गरेको भन्दै काठमाडौंका स्थानिय विकास अधिकारी तिर्थराज भट्टराई सहित ६ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारले भन्सार छुट सुविधा दिएर भारतबाट आयात गरिएको ३ लाख २८ हजार मुल्यको त्रिपाललाई ४३ लाख ७९ हजार भन्दा बढी मुल्य कायम गरि भ्रष्टाचार गरेको भन्दै भट्टराई सहित काठमाडौ जिवीसका लेखा अधिकृत याम नारायण शर्मा, स्टोर किपर चिरञ्जीवी खड्का सप्लायर्सहरु मिथिलेश्वर तिवारी, झम्क प्रसाद गौतम र होम प्रसाद गौतमविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता कृष्णहरी पुष्करले जानकारी दिए । बैशाख १२ गतेको भुकम्पपछि काठमाडौं जिवीसले खरिद गरेको त्रिपालको बढी गुणस्तर, परिणाम र साईज उल्लेख गरी कम गुणस्तर, परिणाम र साईजको त्रिपाल खरिद गरेर ३५ एलडिओ भट्टराई सहित जिविसका अधिकारी र सप्लायर्सहरुले ३५ लाखभन्दा बढी हिनामीना गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार भट्टराईले न्यु पशुपती ट्रेड एण्ड सप्लायर्सका संचालन मिथीलेश्वर तिवारी, दिपेश इन्टरप्राईजेजका झम्क प्रसाद गौतम र सेविका इन्टरप्राईजेजका होम प्रसाद गौतमसँगको मिलेमतोमा मोटो रकम हिनामिना गरेका थिए । भट्टराई सहति जिवीसका तीन सरकारी कर्मचारी र तीनजना सप्लायर्सलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८(१) ख, ग, र ञ तथा सेही ऐनको दफा ८(४) अनुसारको कसुर अपराधमा कारवाही र सजाय माग दावी गरिएको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण