कारको ठक्करबाट एक महिलाको मृत्यु
मङ्गलबार, १९ माघ २०७२, १८ : ११
दाङ–दाङमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
घोराही–तुलसीपुर सडकखण्डको बिजौरी–५, बिजौरीमा नम्बर नखुलेको कारको ठक्करबाट आज तुलसीपुर नगरपालिका–१५ पर्सेनी निवासी ३० वर्षीया शान्ता न्यौपानेको मृत्यु भएको हो ।
पर्सेनीबाट काम विशेषले बिजौरी आएकी न्यौपानेलाई नम्बर नखुलेको रातो कारले ठक्कर दिएको बताइएको छ ।
न्यौपानेको नेपालगन्ज नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिएका छन् ।
यसैबीच, इलाका प्रहरी कार्यालय तुलसीपुरले ठक्कर दिएको आशङ्कामा बा ११ च ६४४ नम्बरको रातो कारलाई नियन्त्रणमा लिएको छ । चालक र कारलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण