यी बालकलाई भेट्न आतुर छन् मेसी (भिडियोसहित )
अर्जेन्टिनी स्टार लियोनल मेसीलाई भेट्न पाउने भाग्यशाली कमै छन् । अझै, मेसीले नै भेट्न चाहने मानिसहरु कति भाग्यमानी होला । अहिले ५ वर्षका एक अफगानी बालक त्यसरी नै भाग्यमानी साबित भएका छन् । उनीसँग भेट्न मेसी आतुर छन् । त्यसैले अब अफगनिस्तानको गान्जीप्रान्तस्थित जागहोरी जिल्लाका मुर्टाजा अहमादी मेसीलाई भेट्न बार्सीलोनको रंगशाला क्याम्प नोउ आउनेछन् । मुर्टाजा बस्दै आएको क्षेत्र तालिवानको नियन्त्रण गरेको अफगानिस्तानको गरिब गाउँ हो । उक्त फोटो सामाजिक सञ्जालमा आउनासाथ चर्चामा रह्यो । तस्बिरमा देखिएका बालक मुर्टाजा अहमादी हुन् । बाबुले फुटबल जर्सी किनदिन नसक्ने भएका कारण उनले प्लास्टिकको जर्सी बनाएर लगाउनु परेको थियो ।
बाबु महोमद्ध आरिफ अहमादी भन्छन्– ‘मैले हामी शहरबाट टाढा गरिब गाउँमा बस्छौ र तिम्रा लागि जर्सी किनिदिन असम्भव छ भनेको थिएँ ।’ यस फोटो चर्चामा आएपछि मेसीका बाबु जर्ज मेसीले बच्चाको परिवारका लागि केही गर्ने सोच रहेको बताए । बाबु भन्छन्–‘मेसीले यो फोटो धेरैपटक हेरेछन् । उनी आफ्ना प्रसंशक बालकलाई केही गर्न चाहन्छन् ।’ मेसी अहिले यी बालकलाई भेट्नका लागि निरन्तर रुपमा अफगानिस्तानको फुटबल संघसँग सम्पर्कमा छन् । यसअघि गतहप्ता मुर्टाजाले मेसीप्रतिको मोहका विषयमा बोलेको भिडियो इन्टरनेटमा भाइरल भनेको थियो । ‘मलाई मेसी मनपर्छ । यो जर्सी मलाई दाईले बनाइदिएका हुन् । मलाई यो जर्सी निकै मनपर्छ ।’ उनले भनेका छन् । मार्टाजाले ठूलो भएपछि मेसीजस्तै बन्ने सपना देखेको बताए । ‘हाम्रो घर नजिक फुटबल मैदान छैन् र मसँग भएको एउटै मात्र बलमा पनि हावा छैन् ।’ मार्टाजाले भनेका थिए । तालिवानी शासनका बेला काबुलस्थित राष्ट्रिय रंगशालालाई फाँसी दिनका लागि प्रयोग गरिएपनि सन् २००१ मा तालिबानी शासनको अन्त्य लगत्तै फुटबल अफगानिस्तानको लोकप्रिय खेल बन्यो ।
खुसी छन् अहमादी मुर्टाजा अहमादी मेसीसँग भेट गर्न पाउने भएपछि निकै खुसी छन् । ‘म मेसीलाई माया गर्छु । त्यसैले मलाई थाहा छ एकदिन उनीसँग भेट हुन्छ । म उनीजस्तै बन्न चाहन्छु ।’ मुर्टाजाले भनेका छन् । सोमबार मात्रै अफगानिस्तानको फुटबल संघले उनले मेसीलाई भेट्ने पुष्टि गरेको थियो । अहिलेसम्म भेटघाटको मिति तय नभएपनि क्याम्प नोउमा नै मेसीले मूर्टाजालाई भेट्ने सम्भावना बढी रहेको छ । मेसीले क्याम्प नोउमा मुर्टाजालाई भेट्ने विषयमा अफगानिस्तान फुटबल संघसँग कुरा भइसकेको आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन् । अफगानिस्तान फुटबल संघका प्रवक्ता सायद अलि काजिमी भन्छन्– ‘मूर्टाजाको इच्छाशक्ति फुटबलका लागि हो । हामी हाम्रो तर्फबाट उनको प्रशिक्षणका लागि सक्दो गर्छौ र आशा गर्छौ कुनै दिन मूर्टाजा अफगानिस्तान फुटबल टिममा हुनेछन् ।’Murtaza Ahmadi: "I love Messi and football. I will meet him one day. I want to become like Messi" .. इराकी कुर्दिश सोचिएको थियो मूर्टाजालाई सूरुआतमा मूर्टाजालाई धेरै डोहुकमा बस्ने इराकी कुर्द सोचेका थिए । तर अस्ट्रेलियामा बस्ने उनका एक काकाले आफ्ना भतिजाको फोटो देखे । अस्टे«लिया बस्ने अजिम अहमदीले नै यो फोटो देखेपछि फोटोमा देखिएका बालक इराकी कुर्दिश नभएर अफगानिस्तानका आफ्ना भतिजा रहेको बताए । त्यसपछि मेसीको आधिकारीक ट्वीटर एकाउन्टबाट पनि यो फोटो शेयर भयो । ‘म मेरो छोरोले देशको गौरव राख्नका लागि एकदिन अफगानिस्तानबाट अन्तर्राष्ट्रिय फुटबल खेलोस् भन्ने चाहन्छु ।’– मूर्टाजाका बाबु महोमद्ध आरिफ अहमादीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण