चार विषयमा संविधान संशोधन गर्न मिल्दैन : उपप्रम मैनाली
पाँचथर - उपप्रधानमन्त्री तथा नेकपा ९माले०का महासचिव सिपी मैनालीले चारवटा विषयबाहेक अन्य सबै विषयमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।
पाँचथरको फिदिममा आज दिउँसो भएको पार्टीका अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले राष्ट्रियता, सार्वभौमिता, अखण्डता र जनतामा निहित राजकीय सत्ताबाहेक अरु विषयलाई प्रक्रियाद्वारा संशोधन गर्न सकिने बताए ।
यी विषयमा कुनै पनि हालतमा सम्झौता गर्न नसकिने उनले उल्लेख गरे । देशमा अहिले देखिएको समस्याको राजनीतिक हलको निम्ति सरकार गम्भीर भएर लागेको र सबै दल पनि लाग्नुपर्ने बताए ।
भारतको हेपाहा प्रवृत्तिविरुद्ध आम नेपाली अब चुप लागेर बस्न नहुने भन्दै राष्ट्रिय स्वाधीनताको विषयमा गम्भीर छलफल गर्ने दिन आएको पनि उनले बताए ।
मुलुकले संविधान पाइसकेकाले अब चाँडै राजनीतिक हल निकालेर समृद्धि र विकासतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण