घूस लिँदालिँदै पक्राउ परेका तीन प्रहरी अधिकृतमाथि अनुसन्धान सुरु
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेका महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीसहित तीनजनामाथि छानबिन सुरु गरिएको जनाएको छ । एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन गर्ने सम्बन्धमा सञ्चालकबीच केही लेनदेनको विवाद रहेकामा त्यसलाई टुङ्गो लगाउन महानगरीय प्रहरी प्रभाग ललितपुरमा पुगेपछि प्रहरी नायब उपरीक्षक ज्ञवाली, प्रहरी निरीक्षक रमेशबहादुर सिंह र प्रहरी नायब निरीक्षक लालमणि पाण्डेले घूस मागेको सूचनाका आधारमा आयोग टोलीले सोमबार पक्राउ गरेको थियो । आयोगका अनुसार उनीहरुले हेटौँडा नगरपालिका–४ का विश्वक्रान्ति सिंहको मध्यस्थतामा रु तीन लाख घूस लिँदालिँदा पुल्चोकस्थित थाइघर रेस्टुरेंन्टबाट प्रहरी नायब उपरीक्षक ज्ञवाली र प्रहरी निरीक्षक सिँह र प्रहरी नायब निरीक्षक पाण्डेलाई रु एक लाख ५० हजारसहित कलङ्कीको स्टुडेन्ड क्याफेबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनैजना प्रहरी अधिकृतमाथि छानबिन भइरहेको आयोगले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण