तीनजना चिनियाँ नागरिक जडीबुटीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौँ - काठमाडौँबाट चीन जान लागेका तीनजना चिनियाँ नागरिकलाई जडीबुटी लुकाइछिपाइ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । एयर चाइनाको उडान नम्बर सिए ४०८ चीन जान लागेका राहदानी नम्बर ई. २७६४६९१४ वाहक वाङजियालन, राहदानी नम्बर जी ५७३९५१६६ वाहक झिआओमाओ झिया र राहदानी नम्बर जी ४११७८०३१ वाहक ताइपिङ वाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल्डब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा चेकजाँचका क्रममा सुटकेसभित्र प्लास्टिकको नौवटा प्याकेटभित्र जडीबुटीजस्तो देखिने स–साना लहरा करिब ६ केजी र चुरोटको दुईवटा बट्टाभित्र रक्तचन्दन जस्तो देखिने नौ थानमा रहेको काठको रातो टुक्रा दुई केजी ८८ ग्राम लुकाइछिपाइ लैजान लागेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । यसैगरी, बढी मूल्यमा ग्यास बिक्री गर्ने काठमाडौँ कालोपुल बस्ने धु्रव मुनिकारलाई आज प्रहरीले पक्राउ गरेको छ । कालोपुलस्थित हीरारत्न हल अगाडि रहेको मुनिकारको मनकामना ग्यास डिपोबाट प्रति आधा सिलिन्डर एक हजार रुपैयाँमा बेचेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कमलपोखरीको प्रहरी टोलीले डिपोबाट त्रिशूल ग्यास २३ थान, सागर ग्यास तीन थान र हिमाल ग्यास पाँच थानसहित पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण