विद्यालयका नाममा व्यक्तिले सार्वजानिक जग्गा हड्प्दै
गुल्मी - गुल्मी जिल्लाको एक विद्यालयका नाममा व्यक्तिले सार्वजानिक जग्गा हडप्न खोजेको भन्दै आज जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । सरस्वती माध्यामिक विद्यालय नेटा ३ गुल्मीको आर्थिक अवस्था सुद्धिढ पार्ने भन्दै केहि व्यक्तिहरुलाई न्युन मुल्यमा सार्वजानिक जग्गा विक्री गर्न लागेको भन्दै स्थानिय एक व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । नेटा–३ को डाँडाखोला भन्ने स्थानको सार्वजानिक जग्गा सो विद्यालयका प्रधानध्यापक रुमाकान्त खरेल, स्थानियवासी गोमा वस्नेत, रामु खरेल, ओमबहादुर परियार, रुमाकान्त पौड्यालले खाने गरी सोही नेटा–३ का वडा नागरिक मञ्चका संयोजक मोहलाल घिमिरे समेतका नाममा उजुरी परेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेलले जानकारी दिए । उनले आजै त्यस विद्यालयलय सार्वजानिक जग्गा व्यक्तिका नाममा वेच्न लागेको सम्वन्धमा आजै जिल्ला मालपोत कार्यालयमा पत्र लेखी बुझ्न र रोक्न लगाएको बताए । यस सम्वन्धमा त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बिश्वकर्मा संग सम्पर्क राख्दा केहि दिन अघि बेचौ भन्ने प्रस्ताव आफुलाई राखेको तर आफुले सार्वजानिक जग्गा बेच्न हुँदैन भनेर विरोध गरेको बताए । उनले आफु धेरै दिन देखि वुटवलमा रहेकोले आफुलाई कुनै जानकारी नभएको बताए । सार्वजानिक जग्गा सस्तो मुल्यमा किन्न खोज्नेहरुलाई प्रशासनले झिकाएर बुझ्ने र विक्री हुनबाट रोक्ने प्रमुख जिल्ला अधिकारी कंडेलले जानकारी दिए । नाम गोप्य राखिएका उजुरी कर्ताले उक्त सार्वजानिक जग्गा संरक्षण गरी पाउँ भनि उजुरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण