मधेसी मोर्चाका नेता दिल्ली, विहार धाउनु दुःखद : उपप्रधानमन्त्री गच्छदार
मङ्गलबार, १९ माघ २०७२, २० : ०४
विराटनगर - मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेस आन्दोलनको नाउँमा जनतालाई सडकमा होम्ने तथा सर्वसाधारणलाई सास्ती दिने कार्य गलत भएको बताएका छन् ।
सो पार्टीद्वारा आज विराटनगरमा आयोजित कार्यकर्ता भेलामा उनले संविधानको संशोधनबाट नै सीमाङ्कनको मुद्दा सम्बोधन हुनसक्ने भए पनि मधेसी मोर्चाका नेताहरु दिल्ली र विहार धाइरहनु दुःखद् भएको टिप्पणी गरे । मधेसी मोर्चाको मागअनुसार नै संविधानमा संशोधन पारित भइसकेको र सीमाङ्कनको मुद्दाका लागि नाकाबन्दी र बन्दहडताल जारी राख्नुको उचित नदेखिएको स्पष्ट पार्दै उहाँले शान्तिपूर्ण रुपमा दबाब दिन मधेसवादी दललाई आग्रह गरे । उपप्रधानमन्त्री गच्छदारले जारी भएको संविधान संसारकै उत्कृष्ट संविधानमध्ये एक रहेको र यसले मधेसी, आदिवासी जनजाति, थारू, दलित र महिलाको हकअधिकार सुनिश्चित गरेको बताए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण