संकटमा नेयमार : स्पेनपछि ब्राजिलमा कर छलीको मुद्दा
साउ पाउलो – ब्राजिलियन स्टार नेयमार एकपछि अर्को कर छलीको मुद्दामा फँस्दै गइरहेका छन् । स्पेनमा यसै विषयमा मुद्दा खेपिरहेका नेयमारविरुद्ध अब ब्राजिलमा पनि छुट्टै मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । सन् २०१३ मा बार्सिलोनामा स्थानान्तरण हुनअघि ब्राजिलमा नै चार पटक कर छलेको आरोपमा उनीमाथि मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । नेयमारमाथि विभिन्न कम्पनी खडा गरेर कम कर तिरेको आरोप लागेको छ । सन् २००६ देखि ७ वर्षसम्म उनले कर छलेको आरोप लगाइएको छ । नेयमारले व्यक्तिगत कर धेरै तिर्नुपर्ने भएकाले कम्पनी खडा गरेर त्यसमार्फत कम कर तिरेको सरकारी अधिकारीहरुले आरोप लगाएका छन् । यस विषयमा अब न्यायाधिशसँग सल्लाह गरेर मुद्दा दर्ता गरिने उनीहरुले बताएका छन् । हाललाई उनीविरुद्ध मुद्दा दर्ता भइसकेको अवस्था भने होइन । यो मुद्दा उनले हाल स्पेनमा लडिरहेको मुद्दाभन्दा फरक हो । उनी ब्राजिलियन क्लब सान्तोषमा भएको बेलामा कर छली गरेको घटना हो । ब्राजिलियन अधिकारीहरुले नेयमारका पिता, बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र सान्ड्रो रोसेलविरुद्ध पनि मुद्दा दर्ता गर्ने तयारी गरेको छ । उनी मंगलबार मात्रै कर छलिको आरोपमा म्याड्रिडको अदालतमा उपस्थित भएका थिए । त्यहाँ लगभग १ घण्टासम्म बहस चलेको थियो । तर, नेयमारले पटक–पटक आफूले कुनै गल्ती नगरेको बताउँदै आएका छन् । बार्सिलोनाले नेयमारलाई खरिद गर्न ५७ मिलियन युरो तिरेको बताए पनि अनुसन्धानकर्ताहरुले उक्त रकम ८३ मिलियन युरो भएको दाबी गर्दै क्लबले वास्तविक रकम लुकाएको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण