आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लिभरपुललाई हराउँदै प्रिमियर लिगमा लिचेस्टरको अग्रता, सिटी पछ्याउँदै

बुधबार, २० माघ २०७२, १० : २३
बुधबार, २० माघ २०७२

लण्डन – लिचेस्टर सिटीले लिभरपुललाई पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा तीन अंकको अग्रता कायम राखेको छ । आफ्नो घरेलु मैदानमा भएको खेलमा लिचेस्टर २–० गोल अन्तरले विजयी भएको हो । लिभरपुललाई हराउने क्रममा जेमी भार्डी नायक बने । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा दुई गोल गर्दै भार्डीले आफ्नो टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए । यो सिजन भार्डीले १८ गोल गरेका छन् जुन सबै लिगमा क्रिस्टियानो रोनाल्डो र लुइस सुवारेजभन्दा मात्र कम हो ।

अगामी खेलमा म्यान्चेस्टर सिटी र आर्सनलको सामना गर्न यो जितले लिचेस्टरलाई आजको जित निकै महत्वपूर्ण हुनेछ । उता, दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले सन्डरल्याण्डलाई संघर्षपूर्ण खेलमा पराजित गर्दै लिचेस्टरमाथि दबाब कायम राखेको छ । सर्जियो अगुएरोले खेलको १६ औं मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । २४ खेलबाट सिटीको ४७ अंक रहेको छ भने लिचेस्टरको ५० अंक रहेको छ । उता, तेस्रो स्थानमा रहेको आर्सनल साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएपछि लिगको चौंथो स्थानमा झरेको छ । आर्सनल रोकिएको फाइदा टोटनहम हटस्पर्सलाई पुग्यो । नरविचलाई ३–० गोल अन्तरले पराजित गर्दै टोटनहम लिगको तेस्रो स्थानमा उक्लिेको छ । आर्सनल र टोटनहमको समान ४५ अंक भएपनि गोलअन्तरको आधारमा टोटनहम तेस्रो बनेको हो । टोटनहमलाई जित दिलाउने क्रममा ह्यारी केनले दुई तथा डेले अलीले एक गोल गरे ।

त्यस्तै म्यान्चेस्टर युनाइटेडले पनि आफ्नो घरेलु मैदानमा जीत निकाल्दै दबाबमा रहेका प्रशिक्षक लुइस भान हाललाई केही राहत दिएको छ । युनाइटेडको जीतमा जेसे लिन्डरगार्ड, एन्टोनी मार्सियाल र वेयन रुनीले एक–एक गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप