डिजेल कालोबजारीमा संलग्न तीन जना प्रहरी नियन्त्रणमा
तनहुँ - प्रहरीले डिजेलमा कालोबजारी गरेको अभियोगमा तनहुँमा तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मङ्गलबार शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीबाट तीन जनालाई नियन्त्रणमा लिएको हो । शुक्ला गण्डकी नपा–१ का ३२ वर्षीय सुरज लालचन, सोही नपा–५ का ३८ वर्षीय सुनिल केसी र कास्की जिल्ला पोखरा उपमनपा–९ घर भई हाल लेखनाथ नपा–१३ बस्ने ४२ वर्षीय तिलबहादुर घलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिए । छिमेकी जिल्ला कास्कीको गगनगौँडामा रहेको नेपाल आयल निगमको डिपोबाट बेलचौतारामा रहेको सुशील आयल सप्लार्यसका लागि ना२ख ६६३८ नम्बरको ट्याङ्करबाट १२ हजार लिटर डिजेल लोड गरेर ल्याइँदै गरेको अवस्थामा शुुक्लागण्डकी नपा–१ गाछेपानीमा रहेका लालचन वर्कसपका प्रोपाइटर सुरज र आयल सप्लार्यसका प्रोपाइटर केसी मिलेर बाटोबाटै सिधै ड्रममा डिजेल भरेर लुकाएका थिए ।
इलाका प्रहरी कार्यालय बेलचौताराबाट गएको एक प्रहरी टोलीले अवैध तरिकाबाट कालोबजारी गर्न प्लास्टिकको ड्रममा भरेर लुकाइ राखेको ६०० लिटर डिजेल बरामद गरी कालोबजारीमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण