कन्निकाको छोराले ‘बुबा’ भन्दै खोज्यो पूर्व युवराज पारसलाई
काठमाडौं – पूर्व युवराज पारस शाहको प्रेमिका भनिएकी थाई युवती कन्निका चाइसानले आफ्नो छोराले पूर्व युवराजलाई अझै ‘बुवा’ भन्दै खोज्ने गरेको बताएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो एक आठ वर्षको छोरा रहेको र उसले आजभोली ‘बुवा खै?’ भन्दै पारस शाहलाई खोज्ने गरेको बताएकी छिन् ।
यद्यपि, पारस शाह भने कन्निकाको छारोको पिता भने होइनन् । उनी लेख्छिन्, ‘मेरो छोरा युनिभर्स मात्र ३ महिनाको हुँदा मैले मेरो पूर्व पतिलाई छाडेको थिएँ । आज ऊ आठ वर्षको भएको छ । उसले आफ्नो बुवालाई कहिले पनि देख्न पाएन । उसको लागि पारसनै पिता हो ।’ पूर्व युवराज पारस भने यतिबेला नेपालमा रहेका छन् । फेसबुकमा उनले भनेकी छन्, ‘छोरा युनिभर्सले तपाई किन नेपाल जानुहुन्न भनेर प्रश्न गर्यो । यदी नेपालमा मेरो बुवा छन् भने म मेरो बुवासँगै बस्न चाहान्छु भन्दै प्रश्न गर्छ ।’ तर आफूले छोरालाई ‘तिम्रो आमा र बाबु मै हो भनेर भनेर’ जवाफ दिएको उनले फेसबुकमा लेखेकी छन् । पारस शाह थाइल्याण्डमा बस्दा उनीहरुबीच सँगै बस्थे भने उनलाई हृदयघात हुँदा कन्निकाले नै हेरचाह गरेकी थिइन् । पारस शाह नेपाल फर्किएपछि भने उनीसँग सम्बन्धमा नरहेको बताइएको थियो । नेपाल फर्किएसँगै उनीहरुबीचको सम्बन्ध टुंगिएको भन्ने अड्कल काटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण