मगर चलचित्रकी नायिका नेहा पुनको हत्यारालाई कडा कारबाही माग
पोखरा - मगर चलचित्रकी नायिका समेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’ को मंगलबार आफ्नै घर नजिकै हत्या गरी फालिएको अवस्थामा फेला परेपछि उक्त हत्याको पोखरामा चौतर्फी विरोध हुन थालेको छ । पोखरा–१५, नयाँगाउँ, ऋषिमार्ग निवासी पुनको बलात्कार प्रयासपछि हत्या गरी फालिएको अवस्थामा नेहाको शव फेला परेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेहाका हत्यारालाई कारबाहीको माग गर्दै अपलोड गरिएका उनको तस्विरले भरिएका छन् ।
त्यस्तै नेपाल मगर संघ कास्कीले विज्ञप्तिमार्फत नायिका नेहा पुनको हत्याको विरोध गरेको छ । मगर संघ कास्की अध्यक्ष अध्यक्ष पूर्णबहादुर रानामगरले बुधबार साँझ विज्ञप्ति जारी गर्दै नेहाका हत्याराको तत्काल खोजी र सार्वजनिक गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘मगर चलचित्र ‘गाउला’ तथा ‘यूँपा’की नायिका नेहा पुनमगरको हत्या गरिएको घटनाले हामी सम्पूर्ण कस्केली मगर समुदाय स्तब्ध बनेका छौं, हत्यारा जोसुकै भएपनि प्रशासन समक्ष कडा कारबाहीको लागि जोडदार माग गर्दछौं ।’ हत्याको यस घटनाले सम्पूर्ण कस्केली नागरिकले असुरक्षित महसुस गरेको भन्दै विज्ञप्तिमा हत्यारालाई तत्काल पक्राउ गरी आम नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभूति दिलाउन शान्ति, सुरक्षाको वातावरण मजबुत बनाउन माग समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण