दार्चुला–काठमाडौँ नियमित बस सञ्चालन
बिहीबार, २१ माघ २०७२, १४ : ५७
बैतडी-महाकाली सेती यातायात व्यवसायी समितिले आजदेखि दैनिक दार्चुला–काठमाडौँ बस सेवा सञ्चालन गरेको छ ।
गत मङ्सिर २४ गतेदेखि एक दिन बिराएर सञ्चालन भएको अपी डिलक्स बस सेवा यात्रुको चाप बढेपछि आजदेखि दैनिक रुपमा सञ्चालन गरिएको यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले बताए । उनले भने, “यात्रुको मर्कालाई ध्यानमा राखी दैनिक बस सेवा सञ्चालन गरेका हौं ।”
हिटर जडित बसमा वाइफाइ सुविधासमेत उपलब्ध रहेकाले यात्रा आरामदायी हुने उनको भनाइ छ । दार्चुलाबाट काठमाडौँसम्मको भाडा प्रतियात्रु रु दुई हजार ५६० निर्धारण गरिएको छ । दार्चुलाबाट बिहान ७ बजे र काठमाडौँबाट बिहान ११ः४५ बजे बस छुट्ने समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण