भक्तपुरको प्रशासनकै आगनमै चुरोट बिक्री, पिउने कर्मचारी
भक्तपुर – सरकारले सार्वजनिक स्थलको २ सय मिटर वरपर चुरोट तथा सुर्तिजन्य बस्तुको विक्रि तथा सेवनमा निषेध गरेको भएपनि भक्तपुरमा भने खुलेआम यसविपरितको कार्य हुँदै आएको छ । भक्तपुरको जिल्ला प्रशासनकार्यालय जिल्ला विकाश समिति, जिल्ला प्रहरी, जिल्ला अदातल लगायतको सार्वजनिक निकायको ४०–५० मिटरको दुरीमा नै चुरोट र सुर्तिजन्य बस्तुको खुलेआम विक्रिका साथै सेवन गर्ने गरिएको पाइएको छ । जिल्ला प्रशासनको उत्तर तर्फ रहेको दुई, भक्तपुर अदालतको कम्पाउन भित्र रहेको एक र स्काउट भवन नजिकै रहेको एक चमेनाबाट दैनिक चुरोट र सुर्तिजन्य बस्तुको बिक्रि वितरण हुने गरेको छ तर नियमन गर्ने निकाय मौन रहेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
अचम्म लाग्दो कुरा त केछ भने सरकारी कार्यालयको कम्पाउन भित्र रहेको चमेना गृहको नजिकै बसेर कर्मचारीसमेत आनन्दसँग धुम्रपान गरेर बसिरहेका भेटिन्छन् ।
यस बारेमा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीसंग जानकारी लिदाँ जिल्ला जनस्वास्थ्य कार्यलयसंग समन्वय गरेर छिट्टै अनुगमन गरिने बताए । उनले भने “यदि सरकारी नियम विपरीत चुरोत तथा सुर्तिजन्य बस्तुको बिक्रि बितरण कार्य भएको भए हामी अनुगमन पश्चायत बारवाही गछौ ।” नियमअनुसार सरकारी तथा सार्वजनिक स्थलको २०० मिटर वरपर कोही कसैले पनि करमुक्त पसलबाट चुरोट, बिँडी, सिगार, हुक्का, सिसा, कक्कड, चिलिम, सुल्पा, खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवन गर्न नपाइने व्यवस्था छ । सो विपरित गरेमा सेवन गर्नेलाई सय रुपैयाँ जरिवानाका साथै सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा दुबै व्यवस्था र विक्रि गर्नेलाई १० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण