वीरगञ्ज नाका खुलाउन महतोको ‘ग्रीन सिग्नल’ ? : नाका खुलेपछि मोर्चाभित्र आरोप-प्रत्यारोप
काठमाडौं – गत असोज ७ गतेदेखि आन्दोलनरत मधेसी मोर्चा धर्नामा बसेर ठप्प पारेको वीरगन्ज रक्सौल भन्सार नाका आज १ सय ३५ दिनपछि खुलेको छ । नेपाल भारतको मुख्य नाका मानिएको नाका खुलेपछि समाचार तयार पार्दासम्म १ सय भन्दा बढी ट्रक तथा कन्टेनरहरु भारतबाट नेपाल भित्रिएका छन् । कसरी खुल्यो नाका ? धर्नामा आन्दोलनकारीको उपस्थिति नरहेको अवस्थामा स्थानीय व्यापारीहरु पुगेर आन्दोलनकारीहरु बस्ने टेन्ट हटाएर आगो लगाइदिएका थिए भने सवारी रोक्न ठडाइएका ढाटहरु तोडफोड गरेका थिए । मध्यान्ह करिब १२ बजे आन्दोलनकारीको धर्नास्थल पुगेका स्थानीय तथा भारतीय व्यापारीहरुको समूहले अवरोध हटाएर नाका खुल्ला गरेका थिए । अपराह्न १ बजेदेखि सञ्चालन भएपछि अहिले नाकाबाट साना सवारी साधन, मालवाहक ट्रक, कन्टेनर लगायत सबै सवारीसाधन निर्बाध रुपमा सञ्चालन भइरहेको छ भने नाकामा एक्कासि चहलपहल बढेको छ । साँझ ६ बजेसम्ममा १ सय १७ वटा सवारी नेपाल भित्रिसकेका छन् । नाकामा सुरक्षाकर्मीले समेत कडा पहरा दिइरहेका छन् ।
नाका खुलेको खबरपछि तमलोपाका महामन्त्री जितेन्द्र सोनल, लालबाबु राउतलगायत नेताहरु कार्यकर्तासहित पुनः नाका बन्द गर्न पुगेपनि उनीहरुलाई व्यापारीहरुले रोकेका थिए । केही बेर तनावको स्थिति पनि पैदा भएको थियो । तर, उनीहरु पनि मुकदर्शक बन्न बाध्य बने र अन्ततः अहिले उनीहरु त्यहाँबाट फर्किसकेका छन् ।
नाका खुलेपछि मोर्चाभित्र आरोप प्रत्यारोप मोर्चाले नेपाल र भारतबीचका सबै नाका ठप्प पार्ने घोषणा गरेपनि शुरुदेखि नै वीरगञ्जबाहेक अन्य नाकामा आन्दोलनकारीको उपस्थिति न्युन थियो । तर, देशको आधाभन्दा बढी आपूर्ति धानेको वीरगञ्ज नाका मात्र ठप्प हुँदा देशमा ठूलो संकट देखापरेको थियो । मोर्चाले पनि अन्य नाकालाई भन्दा यही नाकालाई प्राथमिकतामा राखेका थिए । नाकाबन्दी लम्बिएपछि पहाडमात्र नभएर मधेसकै जनताले सास्ती खेप्नुपरेपछि मोर्चाभित्र आन्दोलनको स्वरुप परिवर्तनको कुरा उठेको थियो । यसमा पनि मोर्चामा ठूलो विवाद नै देखिएको थियो ।
यसरी खुल्यो वीरगञ्ज नाका (फोटोफिचर)http://www.ratopati.com/news/29969/ Posted by के भन्छ सद्भावना ? तर, सद्भावना पार्टीका महासचिव मनिस सुमन भने यस्तो दाबी गलत भएको बताउँछन् । ‘नाका खोल्नुमा मोर्चाको कुनै संलग्नता छैन । हामीले यसबारे आधिकारिक निर्णय नै गरेका छैनौं,’ उनले भने । ‘अध्यक्ष महतोले नाका खुल्छ भनेको भोली नै नाका खुल्यो त भन्ने प्रश्नमा उनले भने, ‘अध्यक्ष जीले नाका खुल्छ भन्नु भएको थिएन, मात्र प्रस्ताव लिएर जान्छु भन्नुभएको थियो । मोर्चाले आधिकारिक निर्णय गरेको छैन,’ उनले भने । यसो त राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेश मान सिंहले मंगलबार स्थानीय सञ्चारमाध्यमबाट अब नाका खोल्नका लागि सबैलाई उत्रन आह्वाननै गरेका थिए । नाका अवरोधले काठमाडौंलाई केही फरक नपरेको तर मधेसी जनतालाई दुःख भएको भन्दै उनले नाका खोल्नुपर्ने बताएका थिए । यसमा स्थानीय व्यापारीहरुले समेत समर्थन जनाएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण