स्थानीय निकाय निर्वाचनमा सरकारको जोड
हेटौँडा– सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टले सरकार र जनताको बीचमा समन्वयकारी भूमिका निर्वाह गर्ने स्थानीय निकायको निर्वाचन गरेर जवाफदेही बनाउन सरकार कटिबद्ध रहेको बताएका छन् ।
उनले राप्रपा नेपाल मकवानपुरद्वारा मकवानपुरको इपापञ्चकन्या गाविसमा शनिबार आयोजित पार्टीको कार्यकर्ता भेलाको उद्घाटन गर्दै जिविसले स्थानीय निकायको योजना तर्जुमा गर्दा जिल्लाको भौगोलिक अवस्था र जनतालाई दिगो लाभ पुग्ने योजनालाई छनोट गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौला र सांसद गणेश थापाले संविधानले सबै नेपालीको बृहत् हितको निम्ति विभिन्न मौलिक हक र अधिकार संरक्षण गरेको उल्लेख गरे ।
सहायकमन्त्री विष्टले इपापञ्चकन्या गाविसका २५० जना भूकम्पपीडित परिवारलाई काठमाडौँका समाजसेवी केशव अधिकारी र गणेश रेग्मीले प्रदान गरेका न्यानो कपडा, कम्बर, स्विटरलगायत अन्य कपडा वितरण गरेका छन् ।
यसैगरी उनले विभिन्न पार्टी परित्याग गरी आएका करिब एकसय जनालाई राप्रपा नेपालको सदस्यता पनि प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण