बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

रंगेली र डायनिया घटनाको अनुसन्धान गर्न आयोगको उच्च स्तरीय टोली खटियो

सोमबार, ०३ फागुन २०७२, १३ : १४
सोमबार, ०३ फागुन २०७२

काठमाडौं– मोरङ्गको रंगेली र डायनियामा गत माघ ७ गते घटेको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगले उच्चस्तरीय अनुसन्धान टोली खटाएको छ । रंगेली र डायनियामा भएको उक्त सुरक्षा कारवाहीका तीन सर्वसाधारण मारिएका थिए । अनुसन्धान टोलीमा आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारी, सदस्य गोविन्द शर्मा पौड्याल, क्षेत्रीय निर्देशक र अधिकृतहरु रहेको आज आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उक्त टोलीले रंगेली पुगेर अनुसन्धानको कार्य प्रारम्भ गरेको विज्ञप्तीमा उल्लेख छ । अनुसन्धान टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै जिल्लाका प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखहरु र साक्षीहरुसँग छुट्टाछुट्टै रुपमा घटना सम्बन्धमा वयान लिने लगायतका कार्यहरु गरिरहेको छ । प्रहरीले चलाएको गोली लागेर रंगेली ४, चोपडा टोलकी ६० वर्षीया द्रोपदीदेवी चौधरी, बरडंगा २ का महादेव ऋषिदेव र डायनिया ९ का शिवु माझीको मृत्यु भएको आयोगको प्रारम्भिक अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप