सीमाङ्कन समस्या समाधान हुनुपर्छ : अध्यक्ष महतो
बुधबार, ०५ फागुन २०७२, १६ : ३१
मोरङ-सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जसरी भए पनि डेढ महिनाभित्रै सीमाङ्कनको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष महतोले सीमाङ्कनको समस्या समाधानका लागि ठूला दलका नेता सम्मिलित राजनीतिक संयन्त्र बन्दैमा समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी नभएको बताए ।
उनले अहिलेकै कार्यदलले काम गरे परिणाममुखी नतिजा दिनसक्ने बताए । उनले घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति जस्ता माग पूरा नगरी निर्माण गर्ने संयन्त्रले कुनै अर्थ नराख्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण