मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
बुधबार, ०५ फागुन २०७२, १६ : ४८
झापा-झापाको गरामनी–३ स्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट आज दिउँसो एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गरामनी–४ निवासी ९ वर्षीय बालक अमृत तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
सडकमा पैदल हिँडिरहेका बालकलाई तीव्रगतिमा रहेको को ७ प ४१३८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटल पु¥याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण