संसद् अधिवेशन अन्त्य, सभामुखले भनिन् : संसद्को चालु अधिवेशन अर्थपूर्ण
काठमाडौँ, ५ फागुन । सभामुख ओनसरी घर्तीले नेपालको संविधान कार्यान्वयनका दिशामा संसद्को चालु अधिवेशन अर्थपूर्ण रहेको बताएकी छिन् ।
उनले भनिन् – “संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने ऐन, नियम बनाउने कार्यमा संसद् अगाडि बढेको छ ।” संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा सभामुख घर्तीले संसद् बैठक सञ्चालनका लागि राजनीतिक दलबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत दिइन् ।
संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को चालु अधिवेशन गत असोज १५ गतेदेखि सुरु भएको थियो । अधिवेशन आज राति अन्त्य हुँदैछ । यसबीच ४१ दिनमा ४४ पटक बैठक बसेको थियो । यही अधिवेशनबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख निर्वाचित भए । अधिवेशनको पहिलो बैठकले आफ्नो कार्यविधि (व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२) पारित गरेको थियो । सदनमा प्राप्त ३८ विधेयकमध्ये छ वटा भयो ।
उनका अनुसार चालु अधिवेशनले भूकम्प पुनःनिर्माणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरी महत्वपूर्ण काम अगाडि बढाएको छ । सभामुख पद सम्हालेको पाँच महिनाको अवधि कस्तो अनुभव गर्नुभयो ? भन्ने सञ्चारकर्मीको एक जिज्ञासामा उनले राजनीतिक दलहरुको सहयोगले गर्दा आइपरेका समस्या समाधान गरी अगाडि बढ्न सहज भएको जवाफ दिइन् ।
सभामुख घर्तीले जनताका समस्या सम्बोधन गर्न बन्ने विधेयकलाई दिनरात नभनी आगामी दिन सदनले अगाडि बढाउने विश्वास पनि व्यक्त गरिन् ।
संसद नियमावली आगामी अधिवेशनको पहिलो बैठकमा आउने उनको भनाइ थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण