काठमाडौँ काँग्रेसमा बानियाँ
बुधबार, ०५ फागुन २०७२, १८ : ३९
काठमाडौँ - नेपाली काँग्रेस काठमाडौँको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन् ।
आज भृकुटीमण्डपमा सम्पन्न जिल्ला अधिवेशनबाट बानियाँ निर्वाचित हुनुभएको मतदान अधिकृत सर्वज्ञराज नायलेले जानकारी दिएका छन् । कुल खसेको एक हजार २२२ मतमध्ये बानियाँ ६५३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी भीमसेनदास प्रधानले ५६५ मत प्राप्त गरे ।
यस्तै, सचिव र कोषाध्यक्षमा बानियाँ समूहकै राजकुमार नकर्मी र गोविन्द पुडासैनी निर्वाचित भए । नकर्मीले ६६९ र पुडासैनीले ६४९ मत प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण