सिन्धुपाल्चोकमा पनि गठन हुन थाल्यो धुर्मुस सुन्तली सहयोगी क्लब
काठमाडौं–सिन्धुपाल्चोकका विद्यालयहरुमा धुर्मुस सुन्तली क्लब गठन हुन थालेका छन् । धुर्मुस सुन्तली सरसफाई अभियानलाई सहयोग गर्न भन्दै सिन्धुपाल्चोकका दुई वटा विद्यालयका विद्यार्थीहरुले क्लब गठन गरेका हुन् । मेलम्ची नगरपालीका ६ मा रहेको प्रगति अंग्रेजी माध्यमीक विद्यालय र मेलम्ची सामूदायिक विद्यालयमा क्लब गठन गरिएको हो ।
उक्त क्लबले आफ्नो कक्षा कोठाको सरसफाई आफैँले गर्ने निर्णय गरेका छन् । आफ्नो टोल समाज सफा गर्न पनि उनीहरु सक्रिय हुने अपेक्षा गरीएको छ । अभियानमा सहयोग गर्न भन्दै हेटौँडामा नवोदय बाल क्लब गठन भएको थियो । त्यसलगत्तै महोत्तरीमा पनि क्लब गठन भएको छ ।
अन्य ठाउँमा क्लब गठन भएपछि सिन्धुपाल्चोकमा पनि धुर्मुस सुन्तली सरसफाई सहयोगी क्लब गठन गरिएको कृष्णप्रसाद घिताल (धताल चिरिच्याट्टले जानकारी दिएका छन् । धुर्मुस सुन्तली सरसफाई अभियानलाई सफल बनाउनका लागि अन्य थुप्रै जिल्लाहरुमा पनि यस्ता क्लब गठन हुने तयारी र घोषणा हुने क्रम जारी छ । अहिले सक्रिय रहेका क्लबहरुलाई पनि अभियानमा सहयोग गर्नका लागि सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
-
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण