युवक फसाउने केटी बुटवलमा हनिमुन मनाउँदा मनाउँदै समातिएपछि बिचल्ली (भिडियोसहित)
काठमाडौं–नयाँ–नयाँ व्यक्तिहरुसँग सम्बन्ध जोड्दै जाने मोज मस्तिमै रमाउन सौखिन राख्ने युवाहरु मात्रै नभएर हाम्रो समाजमा युवतीको पनि त्यस्तै बाहुल्यता छ । एकजना युवती जसले अर्घखाँचीको सागर खनालसँग ४÷५ महिना घुमफिर गरि अन्तत बुटवलको एक युवक सबिन बरालसँग बिहे गरि हनिमुन मनाउँदामनाउँदै पूर्वप्रेमी सागरसँग जम्का भेट भएपछि उक्त युवती फन्दामा परेकी छन् । प्रसंग वास्तविक जीवनमा नभएर म्यूजिक भिडियोमा समावेश विषय वस्तुको रहेको छ जुन गीत भर्खरै बजारमा आएको छ । ४ ओटा महिना (वैशाख, जेठ, असार र साउन महिनालाई जोडेर एउटा मर्मस्पर्शी गीत तयार गरिएको छ ‘माया दुइ दिनको राम छायाँ’ जसको शब्द संगीत बुटवलका पुराना तथा चर्चित कलाकारर मिडियाकर्मी चिरन बरालको र आवाज राजेश पायल राइको रहेको छ । ‘नखिचेको फोटो’ नामक एल्बममा समावेश उक्त गीतको भिडियो निर्माण अविरल फिल्म्सले गरेको छ, जुन गीतको छायांकन अर्घाखाँचीको खन जाल्काँडा र बुटवल सेरोफेरोमा गरिएको छ । सागर खनाल र कल्पना पाण्डे रसविन बरालले अभिनय गरेको भिडियोको निर्देशन तथा सम्पादन विष्णु भट्टराईले गरेका छन् । उमेश घिमिरेको छायांकन रहेको छ भने सगुन शर्माले श्रृंगार गरेको भिडियोको बजार व्यवस्थापन र मापिथेकश प्रोडक्सनले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
-
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण