पहिलो पटक क्वाटरफाइनल नजिक सिटी
किएभ – म्यान्चेस्टर सिटीले युक्रेनको क्लब डायनामो किएभलाई उसैको घरेलु मैदानमा पराजित गर्दै च्याम्पियन्स लिगमा पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । किएभमा भएको अन्तिम १६ को पहिलो लेगको खेलमा सिटीले ३–१ को जित निकाल्यो । पहिलो हाफमा सुद्धृढ प्रदर्शन गरेको सिटीले सर्जियो अगुएरोको गोलको मद्दतले अग्रता लियो । डेभिड सिल्भाले पहिलो हाफको अन्त्यतिर सिटीको अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा भने भिटाली बुयलस्काईले गोल गर्दै किएभलाई खेलमा फर्काउने प्रयास गरे । तर, याया टुरेले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । आइतबार एफए कपमा कमजोर टोली मैदानमा उतारेका म्यानुअल पेलेग्रिनीले यसपटक निकै सशक्त टोली मैदानमा उतारेका थिए । पेप ग्वार्डिओला क्लब आउने घोषणा भए पश्चात सिटीले पछिल्ला ४ खेलमा एक मात्र जित हासिल गर्न सकेको थियो । उता, स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड भने १० खेलाडीमा सिमित बनेको पिएसभी इन्डहोभनसँग गोलरहित बराबरीमा रोकिएको छ । अन्तिम २२ मिनेट १० खेलाडीमा सिमित बनेपनि पिएसभीले एथ्लेटिकोलाई रोक्न सफल भयो । एथ्लेटिकोले खेल अवधिभर थुप्रै अवसरहरु गुमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
-
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण