मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

खै कहाँ खुल्यो नाकाबन्दी ?

बिहीबार, १३ फागुन २०७२, १७ : ५३
बिहीबार, १३ फागुन २०७२

काठमाडौं – साँझ विहान दाउरावाटै खाना पकाई खानु पर्ने वाध्यताका कारण नुवाकोट घर भई हाल वसन्धुरा वस्दै आएकी कमला खतिवडा आफ्ना केटाकेटीको स्याहार सुसार मै विहान चार घण्टा विताउँछिन् । दाउराबाट चिया नास्ता, खाना पकाउन समय लाग्ने र झञ्झटिलो भएपनि खाना पकाउने ग्यास (एलपिजी) नभएकाले दाउराको प्रयोग गर्नु पर्ने बाध्यता रहेको उनी सुनाउँछिन् । ‘नाकात खुल्यो भन्छन्, खै ! ग्यास अझै हामी पाउन सकेका छैनौं,’ उनले भनिन्,‘ लाइनमा वसेको हप्तादिन वितिसक्यो ग्यास पाउन सकिरहेको छैन ।’ उनी प्रतिनिधी पात्र मात्र हुन् । गत माघ २५ गते नै मधेसी मोर्चाले सीमा अवरोधको कार्यक्रम फिर्ता लिए पनि अहिलेसम्म इन्धन अभावको समस्या ज्युँका त्यूँ रहेको छ । नाका खुल्ने वितिकै इन्धन लगायत उपभोग्य वस्तु भारतबाट भित्रिए पनि वजारमा अभाव कायमै रहेको हो । ग्यासको डिपोहरु दैनिक उपभोक्ताको भीडले भरि भराऊ हुन्छ, पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन अझै घट्न सकेको छैन । आपूर्ति मन्त्री गणेशमान पुनले अब ग्यास तथा इन्धन वितरण सहज हुने दाबी गरे पनि त्यो परिणाममा भने देखिएको छैन । व्यवसायीले विभिन्न बहानावाजी गर्दै ग्यासको प्रभावकारी वितरण गर्न सकेका छैन् । उनीहरु कालोवजारीमा लिन भएपनि सम्बन्धित निकायले चासो नदेखाएको उपभोक्ताहरुको गुनासो छ ।

वाणिज्य तथा आपुर्ति मन्त्रालयले सुरुमा आधा सिलिण्डर मात्र वितरण गर्ने भनिए बमोजिम हाल काठमाण्डौंको डिपोहरुमा साढे सात केजीको आधा सिलिण्डर मात्र वितरण हुँदै आएको छ । तर, वितरीत सिलिण्डरमा पानी प्रयोग गरिएको र सिल तोडिएकाले राम्ररी नबल्ने,छिनछिनमै झ्याप्प मर्ने गरेको वसुन्धराकी नम्रता लिम्बू बताउँछिन् । ‘बल्लबल्ल पाएको ग्यास पनि राम्ररी बल्दैन वीचवीचमा झ्याप्प झ्याप्प मर्छ,’उनले भनिन्‘यो त च रम लापरवाही भयो यसप्रति सम्बन्धित निकायले निगरानी बढाउनु प¥यो ।’

महिनौंदेखि लागेको लाईन पर्याप्त ग्यास भारतबाट नभित्रीएकाले ग्यास वितरण प्रभावकारी हुन नसकेको काठमाण्डौं सामाखुशीस्थित एच.पी. कम्पनी डिपोका सञ्चालका अग्नी अधिकारी बताउँछन् । ‘लामोसमयदेखि लागेको ग्यासको लाइन लामो छ । हामी क्रमिक रुपमा वितरण गर्दै आएका छौ,’उनले भने,‘ भारतबाट पनि पर्याप्त ग्यास नभित्रिएकाले वितरणमा सुस्तता आएको हो ।’ ग्यास भित्रीए पनि कालोवजारी मौलाएकाले ग्यासको अभाव काठमाडौमा चरम अवस्थाम पुगेको उपभोक्ताको आरोप छ । कालोवजारी गर्ने उपर आवश्यक कारवाहीका लागि सम्बन्धित निकायले तदारुकतासमेत देखाउन सकेको छैन । उता यत्रो विग्न ग्यास भित्रिन्दा पनि दाउरा प्रयोगमा कमी नआएको दाउरा व्यवसायी धादिङका दावा तामाङले बताए ।‘दैनिक म एक्लैले दाउरा १० देखि १५ क्वीण्टलसम्म विक्री गर्छु,‘पहिलेको तुलनामा दाउरा व्यवसायमा खासै अन्तर आएको छैन,’ उनले भने ।

पर्याप्त इन्धन भित्रिए पनि उपभोक्ताले नपाएपछि इन्धन कहाँ गयो भनी ? गम्भीर प्रश्न उठेको छ । आयात बढेपनि पेट्रोलियम पदार्थ सहज रुपमा नपाउँदा निगम र पम्प सञ्चालकमाथि आशंका उव्जिएको उपभोक्ताहरु बताएका छन् । विभिन्न नाकाबाट इन्धन आयातमा वृद्धि भएपनि समयस्या ज्यँु का त्यूँ भएकाले यसको वितरण प्रणालीमाथि औलो ठड्याउने प्रशस्त ठाउँ छ भने कालोवजारी मौलाएर गएको छ ।

तस्विर तथा भिडियो : अशोक दुलाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप