मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

फेसबुक र ट्वीटरका सिइओलाई इस्लामिक स्टेटको ज्यान मार्ने धम्की

बिहीबार, १३ फागुन २०७२, १८ : २१
बिहीबार, १३ फागुन २०७२

न्युयोर्क – अतिवादी संगठन इस्लामिक स्टेटका समर्थकहरुले मार्क जुकरवर्ग र ज्याक डोर्सीलाई ज्यान मार्ने धम्की दिएका । २५ मिनेट लामो भिडियो सन्देशमार्फत उनीहरुले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरका सिईओलाई धम्क्याएका हुन् । उनीहरुले सामाजिक सञ्जालमा पछिल्लो समय आतंकवादी गतिविधिहरुलाई निमूल पार्न भूमिका खेलेको आरोप लगाएका छन् । त्यसै शिलशिलामा आतंककारी गतिविधीलाई प्रश्रय दिने प्रकृतिका पोस्टहरुलई अहिले फेसबुक र ट्वीटरले हटाउँदै आएको छ । २५ मिनेट लामो भिडियो सार्वजनिक गर्दै आईएसका सैनिकहरुले झन्डै १० हजारभन्दा बढी फेसबुक एकाउन्ट र त्यसमा पनि १ सय ५० फेसबुक पेज तथा ५ हजार ट्वीटर प्रोफाइल आफ्नो नियन्त्रण रहेको बताएका छन् । यसअघि नै जुकेरवर्ग र डोर्सीले आतंकवादको विरुद्धमा लड्नका लागि सबैलाई आग्रह गरेका थिए । ट्वीटरले पछिल्लो समय कम्तिमा पनि १ लाख २५ हजार एकाउन्ट इस्लामिक स्टेटसँग आबद्ध रहेको आशंका गर्दै ति एकाउन्टहरु बन्द गराएको थियो । फेसबुकले पनि यसरी नै इस्लामिक स्टेटका एजेन्डा र प्रोपोगान्डाहरु फैलाउन प्रयोग गरिने आईडि निलम्बनमा पार्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप