विमान दुर्घटना बारेमा छानबिन समिति गठन
काठमाडौँ - सरकारले नेपालगञ्जबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी विमान आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिलखायामा भएको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन एक छानबिन समिति गठन गरेको छ । पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । सदस्यमा हवाई महानिर्देशनालय नेपाली सेनाका प्रमुख सेनानी रवीन्द्र बस्नेत, गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह र सदस्य सचिवमा मन्त्रालयमा सहसचिव हरिबहादुर खड्का रहेका छन् । मन्त्रिस्तरीय निर्णयबाट सो छानविन समिति गठन गरेको र समितिले दुई महिनाभित्र सत्यसत्य पत्ता लगाई प्रतिवेदन बुझाउन समय दिइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए । विमान दुर्घटना हुँदा चालक दलका दुईसहित ११ जना रहेको विमानमा चालक र सहचालकको निधन भइसकेको छ । घाइतेको नेपालगञ्जको कोहलपुरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण