सिडिओलाई थप्पड हान्ने पूर्व मन्त्रीलाई २ हजार जरिवाना
शनिबार, १५ फागुन २०७२, ०३ : ३७
वीरगन्ज - पर्साका प्रमुख जिल्ला अधिकारीमाथि हातपात गरेको अभियोगमा तत्कालीन कृषिराज्यमन्त्री करिमा बेगमलाई जिल्ला अदालत पर्साले रु दुई हजार जरिवाना गरेको छ ।
वीरगन्ज आउँदा सिमरा विमानस्थलमा पुरानो गाडी उपलब्ध गराइएको विषयलाई लिएर तत्कालीन पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि राज्यमन्त्री बेगमले २०६६ साल कात्तिक २४ गते उनकै कार्यकक्षमा हातपात गरेकी थिइन् ।
प्रमुख जिल्ला अधिकारी माथि हातपात गरेको अभियोगमा कृषिराज्यमन्त्री बेगमविरुद्ध प्रमुख जिल्ला अधिकारी भण्डारीका सुरक्षागार्ड (अङ्गरक्षक) ले मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाको सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजालसले बिहीबार पूर्वराज्यमन्त्री बेगमलाई रु दुई हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण