काष्ठमण्डपद्वारा दुःख व्यक्त
शनिबार, १५ फागुन २०७२, ०३ : ५१
काठमाडौँ - एयर काष्ठमण्डप प्रालिले कम्पनीका विमान चालक क्या दिनेश न्यौपाने र सहचालक क्या सन्तोष रानाको निधनप्रति दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गरी कम्पनीले आफ्नो कर्तव्यप्रति प्रतिबद्ध रहँदै यात्रुहरmको जीवन बचाई दिवङ्गत भएका चालक र सहचालककोे आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा वहाँहरmको परिवारजनमा भावपूर्ण समवेदना प्रकट गरेको छ । साथै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी दिवङ्गत आत्माको चिर शान्तिको कामना गरेको छ । कम्पनीले उक्त घटनामा घाइते भएको यात्रुको शीघ्रस्वास्थ्य लाभको कामना गरेको छ । सो कम्पनीको नाइन एन–एजेबी विमान नेपालगञ्जबाट जुम्ला जाने क्रममा कालिकोटस्थित चिल्खयामा दुर्घटना हुँदा चालकद्वयको निधन भएको थियो भने नौ यात्रु घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण