घट्न थाल्यो जापानको जनसंख्या
टोकियो – नयाँ जनगणनाले जापानको जनसंख्या पछिल्ला ५ वर्षमा जापानको जनसंख्या लगभग १० लाखले घटेको देखाएको छ । सन् १९२० पछि जापानको जनसंख्या घटेको यो पहिलो अवसर हो । गत अक्टोबरमा जापानको जनसंख्या १२७.१ मिलियन थियो जुन पछिल्लो जनगणनाभन्दा ०.७ प्रतिशतले कम हो । विज्ञहरुले यसअघि नै जापानको जनसंख्यामा कमी हुने पूर्वानुमान गरेका थिए । जापानमा घट्दो जन्मदर र अध्यागमनको कमी यसको मुख्य कारण बताइएको छ । उमेर ढल्दै गएको ठूलो जनसंख्याले जापानको स्थिर अर्थतन्त्रलाई धानिरहेको हुँदा यसले भविष्यमा ठूलो स्वास्थ्य खर्चको भार थप्ने अनुमान गरिएको छ । सन् २०१० मा गरिएको पछिल्लो जनसंख्याभन्दा जापानको जनसंख्या ९ लाख ४७ हजारले घटेको छ । राजधानी टोकियोसहित आठ क्षेत्रमा मात्र जनसंख्या बढेको पाइएको छ । बाँकी ३९ क्षेत्रमा भने जनसंख्या घटेको पाइयो । सबैभन्दा बढी फुकुसिमामा १ लाख १५ हजार जनसंख्या कम भएको देखियो । यस क्षेत्र सन् २०११ को महाभूकम्प र सुनामीबाट नराम्रोसँग प्रभावित बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण