आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना

आइतबार, ०३ साउन २०८३, ०९ : ३०
आइतबार, ०३ साउन २०८३

सारांश

  • प्युजो मोटरसाइकल्स नेपालले फ्रान्सेली सुन्दरताको एक रात शीर्षकमा विशेष फ्रेन्च फाइन डाइनिङ कार्यक्रम आयोजना गर्‍यो।
  • कार्यक्रमले फ्रान्सको समृद्ध सांस्कृतिक विरासत, खेल संस्कृतिको भावना र प्युजो ब्रान्डको मूल्यलाई सम्मान गर्‍यो।
  • यस अवसरले प्युजोको फ्रान्सेली सम्पदालाई झल्काउँदै ग्राहक समुदायसँगको सम्बन्धलाई मजबुत बनायो।

काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको प्युजो मोटरसाइकल्स नेपालले 'फ्रान्सेली सुन्दरताको एक रात' शीर्षकमा विशेष फ्रेन्च फाइन डाइनिङ कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ स्थित ला टेरासमा आयोजित उक्त विशेष साँझमा प्युजोका विशिष्ट ग्राहक, व्यावसायिक साझेदार तथा फ्रान्सेली संस्कृतिप्रति आत्मीयता राख्ने अतिथिहरूको सहभागिता रहेको थियो। 

कार्यक्रमले फ्रान्सको समृद्ध सांस्कृतिक विरासत र त्यसको प्रेरणादायी भावनालाई सम्मान गर्दै आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य बोकेको थियो।

सन् २०२६ को फिफा विश्वकपमा फ्रान्सेली टोलीले प्रदर्शन गरेको समर्पण, दृढता, उत्कृष्टता र एकताको भावनाबाट प्रेरित यस कार्यक्रमले खेलको नतिजाभन्दा माथि उठेर फ्रान्सेली खेल संस्कृतिको अदम्य भावना र त्यसको विरासतलाई सम्मान गरेको थियो। यी मूल्यहरू प्युजो ब्रान्डको दीर्घकालीन पहिचानसँग समेत मेल खाने भएकाले कार्यक्रमले त्यसैको प्रतिबिम्ब प्रस्तुत गरेको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले बिभिन्न फ्रेन्च परिकार, पेरिस प्रेरित आकर्षक सजावट तथा आत्मिय वातावरणमा नेटवर्किङको अनुभव लिएका थिए। यस अवसरले प्युजोको फ्रान्सेली सम्पदालाई झल्काउँदै आफ्ना ग्राहकप्रति कृतज्ञता व्यक्त गर्नुका साथै नेपालमा प्युजो समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

 यस अवसरमा प्युजो मोटरसाइकल्स नेपालका प्रतिनिधिहरूले गुणस्तरीय गतिशीलता (मोबिलिटी) समाधानसँगै ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको जीवनशैली अनुभव प्रदान गर्ने तथा विश्वव्यापी रूपमा प्युजोले प्रतिनिधित्व गर्ने मूल्य र परम्परालाई निरन्तर अघि बढाउने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेका थिए। कार्यक्रमको समापन फ्रान्सेली संस्कृति, मित्रता र उत्कृष्टताको साझा भावनाप्रति सम्मान व्यक्त गर्दै गरिएको टोस्ट का साथ भएको थियो। सहभागीहरूले अविस्मरणीय अनुभव बटुल्दै प्युजो मोटरसाइकल्स नेपालले आफ्ना ग्राहकसँग सिर्जना गर्दै आएको प्रिमियम सम्बन्धलाई अझ सुदृढ बनाएको विश्वास व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप