आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारी गाडीमा सांसदको सयर

आइतबार, १६ फागुन २०७२, १३ : ४९
आइतबार, १६ फागुन २०७२

बझाङ –जिल्लाका सरकारी कार्यालयका गाडीहरुमा यहाँ स्थित सांसदहरुको रजाई हुने गरेको छ । काठमाडौमा बस्ने सांसदहरु काठमाडौबाट बझाङ आउँदा होस् या बझाङबाट काठमाडौ जाँदा, सधै जिल्लाका सरकारी गाडिहरुको नै प्रयोग गर्ने गरेका छन् । यसरी कार्यालय प्रमुखहरुलाई बाध्यता गरी मनमर्जी गाडि प्रयोग हुँदा पनि यहाँको स्थानिय सरकारले यसलाई नियन्त्रण गर्न सकेको छैन । जिल्ला स्थित एक सरकारी कार्यालयका प्रमुखले नाम नखुलाउने सर्तमा भने , ‘माननिय जिल्लामा आउँदा होस् वा जाँदा सरकारी गाडीको प्रयोग गर्नु राम्रो कुरा हैन ।’ गाडी माननियले लिँदा कार्यालयको कामकाजमा समेत असर पर्ने गरेको उनको भनाइ छ । बझाङ जिल्लाका प्रत्यक्ष निर्वाचित सांसद मान प्रसाद खत्री,लाल बहादुर रावल हुन वा समानुपातीक माननिय सांसद चन्द्रा जोशी,अफिलाल ओखेडा, जनक बुढा लगायत पूर्व मन्त्रीहरु जिल्लामा आउँदा जाँदा उनीहरु सबै सरकारी गाडी नै प्रयोग गर्ने गर्दछन् ।

सांसदको घरायसी काममा होस् या अन्य पार्टीको कार्यक्रममा आउँदा जाँदा गाडि डिजेल,चालक भत्ता लगायत अन्य खर्च सरकारी कार्यालय बाटै बेहोर्नु पर्दा सरकारी कार्यालयमा भष्ट्राचार मौलाएको छ । सरकारी गाडिहरु सांसदहरुले आफ्नो निजि गाडी जस्तै प्रयोग गरेका छन् नागरिक समाजका अगुवा धर्मजंग सिंहले भने, ‘ साँसदका छोराछोरी कार्यकर्ता श्रीमती आवत जावत गर्नु कहाँ लेखिएको छ ?’࢖ ‘जिल्लामा कतै दैवि प्रकोप जस्ता समस्या परे गाडी दिन आनाकानी गर्छन्’, उनले भने , ‘तर नेताहरुलाई यसरी गाडी दुरुपयोग गर्नु नेताहरुको चाकडी गर्नु जस्तै हो ।’ आइतबार मात्रै निमित्त स्थानिय विकास अधिकारी सुर्य प्रकाश गौतम कार्यालय छोडेर जिविसको गाडिमा सांसद लाल बहादुर रावल र अफिलाल ओखेडालाई बोकेर धनगढी गएका छन् । जिल्लामा आउँदा जाँदा प्रायजसो जिल्ला विकास, नगरपालिका, कृषि, शिक्षा, खानेपानी, सिचाँई, निर्वाचन लगायतका गाडीहरु नेताहरुले प्रयोग गर्ने गरेका र यसबर्ष मात्रै सांसदहरुले दश पटक भन्दा बढी आउन जान सरकारी प्रयोग गरिसकेका छन् । कार्यालय प्रमुखहरुको गोष्ठी समारोह भएको अवसर पारेर माननिय हरु आउने जाने गरेको प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप