आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेरि नाकाबन्दी हुँदैछ भन्ने हल्ला मात्रै होः उपप्रम रावल

आइतबार, १६ फागुन २०७२, १४ : २५
आइतबार, १६ फागुन २०७२

पोखरा– उपप्रधानमन्त्री भीमबहादुर रावलले देशमा फेरि नाकाबन्दी हुँदैछ भन्ने हल्ला मात्रै भएको र यसमा कुनै सत्यता नभएको बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पाँच महिनादेखिको असहज अवस्थालाई सहज बनाउन धेरै गुणा पेट्रोलियम पदार्थ आपूर्ति गर्नुपरेकाले केही समय असहज अवस्था रहने धारणा राखे ।

भारतीय आयल कर्पोरेसन र भारत सरकारका उच्चपदस्थ पदाधिकारीले नेपाललाई चाहिए जति पेट्रोलियम पदार्थ दिने आश्वासन दिएको जानकारी गराउँदै उपप्रधानमन्त्री रावलले आपूर्ति व्यवस्थालाई सामान्य बनाउन सरकार प्रयासरत रहेको बताए । अर्को प्रसङ्गमा उनले संविधान कार्यान्वयनमा आइपर्ने चुनौतीसँग जुध्न नेपाली काँग्रेस लगायत सबै राजनीतिक शक्तिसँगै अघि बढ्नाको विकल्प नभएको बताउँदै अब कसैले आन्दोलन गर्छु भन्दैमा त्यसलाई नेपाली जनताले साथ नदिने विश्वास व्यक्त गरे ।

स्थानीय निकायको निर्वाचन लामो समयसम्म हुन नसक्दा त्यसमा जाने ठूलो हिस्साको बजेट राम्ररी सदुपयोग हुन नसकेकाले सबै राजनीतिक दलसँग छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको जानकारी पनि उनले गराए ।

रक्षामन्त्री रावलले भने–“नेपाल सरकार भारत चीन दुवै देशसँग सुमधुर सम्बन्ध कायम गरेर दुवैबाट पारवाहन सुविधा लिन अघि बढेको छ । ” उनले जलाश्ययुक्त थुप्रै जलविद्युत् आयोजना अगाडि बढाएर ऊर्जा सङ्कट अन्त्य गरिने पनि बताए। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप