सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ
आइतबार, १६ फागुन २०७२, १५ : २८
काठमाडौं, फागुन १६–सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको गत १३ गते बसेको संचालक समितिको १८७ औं बैठकले सञ्चालक समितिको अध्यक्षमा राजेश कुमार श्रेष्ठलाई चयन गरेको छ ।
लामो समयदेखि आर्थिक प्रशासन क्षेत्रमा कार्यरत श्रेष्ठ विगत एक वर्षदेखि बैंकको संचालकको रुपमा कार्यरत थिए । उनले विगतमा पाटन फाईनान्स, कन्ट्री डेभलप्मेन्ट बैंकको संचालकको रुपमा कार्य गरी सकेका छन् भने भने हाल शैक्षिक क्षेत्रको विभिन्न कलेज, स्कुल तथा हाईड्रोपावर कम्पनीहरुमा समेत संलग्न रहेका छन् ।
आ.व. २०७२÷७३ को पुस मसान्त सम्म यस बैंकले कुल निक्षेप रु.२४.०८ अर्व र कर्जा रकम रु. २०.८४ अर्व परिचालन गरी रु. २३.४२ करोड सञ्चालन मुनाफा र १६.०८ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २८ वटा ए.टी.एम्, ११ वटा शाखारहित बैंकिङ्ग र दुईटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण