नेपाल आउन राजकुमार ह्यारी ‘उत्साहित’
काठमाडौं – बेलायती राजकुमार ह्यारीले नेपाल आउन निकै उत्साह व्यक्त गरेको केन्सिंटन दरवारले जनाएको छ । आगामी महिना नेपालको पहिलो भ्रमणमा आउन लागेका राजकुमार ह्यारीले दरवारका प्रवक्तामार्फत आफ्नो चार दिने भ्रमणका लागि निकै उत्साहित रहेको जानकारी दिएका हुन् । बेलायत सरकारको आग्रहमा राजकुमार ह्यारी आगामी चैत ७ गतेदेखि १० गतेसम्म नेपालको भ्रमणमा रहनेछन् । केन्सिंटन दरवारका अनुसार ‘राजकुमार ह्यारी लामो समयदेखि नेपाल आउन इच्छुक थिए । उनले गोर्खा सैनिकसँगै अफगानिस्तानमा बसेर काम गरेका थिए ।’ राजकुमार ह्यारी भूकम्पपछिको पुर्ननिर्माण हेर्नका लागि पनि आतुर रहेको बताइएको छ । दरवार प्रवक्ताले भने, ‘राजकुमार नेपाल भ्रमणबारे निकै उत्साहित हुनुहुन्छ । वहाँ लामो समयदेखि नेपाल भ्रमण गर्न चाहनुहुन्थ्यो ।’ ‘भूकम्पपछि नेपाली जनता देखाएको आत्मबलको कथाबाट वहाँ प्रभावित हुनुहुन्छ । वहाँ नेपाल र यहाँको संस्कृतिबारे जान्न इच्छुक हुनुहुन्छ,’ प्रवक्तालाई उद्धृत गर्दै बेलायती मिडियाले लेखेको छ, ‘नेपाल र बेलायतबीच सम्बन्ध स्थापना भएको २ सयौं वर्षगाँठ मनाइरहँदा राजकुमारले नेपालको न्यानो आतिथ्य पाउनेछन् ।’ चैत ७ गते काठमाडौं आइपुग्ने ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफ्नो भ्रमणको शुरुवात गर्नेछन् । त्यसपछि उनले भूकम्पपछि भइरहेको पुर्ननिर्माणको बारेमा जानकारी लिनेछन् र भूकम्पप्रभावित क्षेत्र पुग्नेछन् । त्यसपछि पोखरामा रहेको ब्रिटिस गोर्खा क्याम्पको भ्रमण गर्नेछन् ।
सन् २००७ देखि ०८ सम्म गोर्खा सैनिकसँगै अफगानिस्तानमा काम गरेका राजकुमार ह्यारी त्यसैबेला नेपालीहरुसँग नजिक बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण