आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालको लोकसंस्कृति दक्षिण एसिया कै उत्कृष्ट

आइतबार, १६ फागुन २०७२, १६ : ३७
आइतबार, १६ फागुन २०७२

पोखरा –नेपाली लोक संस्कृतिमा विद्यावारिधी उपाधि प्राप्त अमेरिकन नागरिक आना स्टारले नेपालको लोक संस्कार र संस्कृति दक्षिण एशियाको नै उत्कृष्ट भएको वताएकी छन् । स्वतन्त्र पत्रकार संघ नेपालद्धारा आईतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा वोल्दै आनाले सो कुरा वताएकी हुन् । अमेरिकाको हवाई विश्वविद्यालयमा दक्षिण एशियाको लोक संस्कृति संवन्धी शिक्षा प्रदान गर्दै आएकी आनाले अन्य देशको तुलनामा नेपालको लोक संस्कृति गर्व गर्न लायक भएको वताईन् । ‘म आज भन्दा १६ वर्ष अघि नेपालमा एउटा विद्यार्थीको रुपमा आएँ यहाँ आएर सवै कुरा वुझेपछि मलाई नेपालको लोक संस्कृति मन पर्यो ’,आनाले भनिन् । उनले नेपाली विद्यालयहरुमा लोक संस्कृति समेट्नु पर्ने वताएकी छन् । ‘यहाँको मौलिक शास्त्र र संस्कार छोडेर विदेशी संस्कारमा रमाउनु जाति हुँदैन ’, उनले भनिन् । सो अवसरमा संघका अध्यक्ष कृष्णप्रसाद वास्तोला र शान्ति राणाले आ आफ्ना भनाई राखेका थिए । संस्थाका महासचिव कमल पौडेल अथकको अध्यक्षतामा कार्यक्रम भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप