आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मगर आदिकविलाई सम्मान

आइतबार, १६ फागुन २०७२, १६ : ४२
आइतबार, १६ फागुन २०७२

गुल्मी – गुल्मी जिल्लाको सघन मगर बस्ती ठूलो लुम्पेकमा मगर सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । ३४ औं मगर एकता दिवसको अवसरमा शनिबार उक्त महोत्सव सम्पन्न भएको हो । महोत्सवको अवसरमा मगर आदिकवि जीतबहादुर सिञ्जाली मगरलाई सम्मान गरिएको छ । गुल्मी क्षेत्र नं. १ का सांसद सिर्जना तरामु केसीले मगर आदिकवि सिञ्जाली मगरलाई सम्मान पत्र प्रदान गर्दै आदिबासी जनजातिहरुको मुद्धाहरुलाई संबिधान संशोधनमार्फत सम्बोधन गर्दै अगाडी बढ्नुपर्ने बताइन् । लोपोन्मुख मगर भाषा, कला र संस्कृतिको संरक्षण, जगेर्ना, नयाँ पुस्तामा हस्तान्तरण एवं विश्वव्यापी प्रचार प्रसार गर्दै मगर सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा ठूलो लुम्पेकमा प्रचलित ठूलो नाच सोरठी, कौडा, सालैजो, यानीमाया, नानुलै, सुनिमाया, वारुलै, सुपोनाच लगायतका मौलिक गीत र नाचहरु प्रदर्शन गरिएको थियो । मगर आदिकवि जीतबहादुर सिञ्जाली मगरले बि.सं. १९८८ जेठ १८ गते ठूलो लुम्पेकमा जन्मिएर २०१२ सालदेखि मगर भाषामा कविता लेख्न थालेका थिए भने २०१७ सालमा मगर समुदायमा पहिलो पटक मगर भाषाक सुरुवौं किताब र २०१९ सालमा मगराती भाषाङ ल्हिङ टुक्कावौं किताब लेखेका थिए । उक्त कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी जिल्ला सहसंयोजक टिका राना मगर, एकीकृत नेकपा माओवादीका यमबहादुर तरामु मगर, राष्ट्रिय जनमोर्चाका नेत्र राना मगर राष्ट्रिय जनमुक्ति पार्टीका नेत्र फौंजा मगर, नेपाल मगर बिधार्थी संघ लुम्बिनीमा पूर्व सदस्य रुकबहादुर राना मगर, श्री धर्मपूर उच्च मा.वि.का प्राचार्य श्री बलबहादुर राहादी मगर लगायत सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु समाजसेवीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमपूर्व मगर सांस्कृतिक झाँकीहरु सहितको ¥याली निकालिएको थियो भने अध्यक्षता जीतु तरामु मगरले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप