आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोलखामा सिटिजन्स बैंक इन्टरनेसनलको थप शाखारहित बैंकिङ सेवा

आइतबार, १६ फागुन २०७२, १७ : ५३
आइतबार, १६ फागुन २०७२

काठमाडौं–सिटिजन्स बैंकले यु. के. एडको लगानिमा संचालित सक्षम –एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउँनको लागि दोलखा जिल्लाको बोच गा.वि.स मा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बोच गा.वि.स, दोलखामा सेवा संचालनका लागि स्थानीय व्यवसायी सरोज थापालाई व्यवसायिक प्रतिनिधि चयन गरी उनीलाई प्रमाणपत्र वितरण गरेको छ । सा शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालन पश्चात बैंकको कुल शाखा रहित बैंकिङ्ग सेवाको संख्या ८७ पुगेको छ । बंैकिङ्ग सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ्ग सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ्ग मार्फत उपलब्ध गराई राखेको छ । सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप