आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फर्म भरेको पाँच वर्षपछि मानवअधिकार आयोगमा जागिर !

आइतबार, १६ फागुन २०७२, १८ : ०५
आइतबार, १६ फागुन २०७२

काठमाडौं–राष्ट्रिय मानवअधिकार आयोगमा जागिर खान लामो समयदेखि पर्खेर बसेकाहरुले अव चाँडै जागिर खान पाउने भएका छन् । परीक्षा भएको लामो समयसम्म पनि पदपूर्ति हुन नसकेको आयोगमा नाम निकाल्नेहरुको अन्तर्वाताका लागि ४ दिन भित्रमै सूचना निकाल्ने भएको हो ।

आयोगले पदपूर्तिका लागि विभीन्न पदमा २०६७ सालमा विज्ञापन खोलेपनि अहिलेसम्म पूर्ति गर्न सकिरहेको छैन । ‘०६७ सालमा विज्ञापन खोलेदेखि मुद्धा परेको ०६८ हुँदै अहिलेसम्म चारपाँचवटा मुद्धा प¥यो’ आयोगको पदपूर्ति समितिका संयोजक गोविन्द शर्मा पौडेलले भने ‘अव दुई चारदिनमा सूचना निकालेर अन्तरवार्ता गर्छौँ ।’ उनले डेढ महिनाभित्र अन्तरवार्ता गरेर पदपूर्ति गरीसकिने बताए ।

आयोगले सूचना निकालेपछि शुरुमा उमेरको हदमा ३५ वर्ष हुनुपर्नेमा ४० वर्ष भयो भनेर सर्बोच्चमा मुद्धा हालेका थिए । २०६७ को विज्ञापान सर्वोच्वको स्टे अर्डरले गर्दा रोकिएको भएपनि अव बाटो खुलेको पौडेलले बताए । ‘त्यही फैसलाको आधारमा विज्ञापन रोकिएको हो तर अव आफूले नियम बनाउन सक्छ भन्ने फैसला आएपछि अगाडी बढ्न रोकिदैन,’ उनले भने ।

केही व्यक्तिहरुले यसलाई विवादको विषय बनाएपनि विवाद नभएको दावी गरे । ‘विबाद होईन, यो बाहिर भ्रम मात्र हो’ उनले भने ‘हाम्रो नियमावलीलाई लिएर ब्याख्याको विषय थियो, भईसक्यो ।’ करारका कर्मचारी जाँच रोक्न लागिपरे

आयोगमै करारमा काम गरीरहेका कर्मचारी जाँच रोक्नका लागि लागि परेको उनको भनाई छ । त्यहाँका स्टाफहरु १३ चौध वर्ष करारमा बसेर केन्द्रिय कार्यालयमा हालिमुहाली गरीरहेको र स्थाायी भयो भने बाहिर जानुपर्ने भएकोले जाँच रोक्न खोजेको बताए । ‘सत्र जना दरबन्दी भएको जनकपुर बुटवलमा ३ जनाले काम गरेका छन्, स्थाई भएपछि त त्याँ जानुपर्छ, केन्द्रमा बसेर हालीमुहाली गर्ने दिन आउँदैन । ’ उनले भने ‘आयुक्त नियुक्त हुनेबेला सहयोगी भनेर अहिले सुब्बा बनाएकाहरु पनि छन्, उनीहरुलाई पनि समस्या पर्ला, त्यसैले हल्ला चलाएका हुन् ।’ उनले यसका लागि केही आयुक्तहरुपनि लागि परेको बताए । उनीहरुकै योजनामा लोकसेवामा र प्रधानमन्त्री कार्यालयमा पनि मुद्धा हालिएको उनको आरोप छ । ‘तर संविधान र नियमले दिएको नियमअनुसार गर्ने हो म तुरुन्तै काम गर्छु, रोकिँदैन ’ उनले भने ।

तुरुन्तै नयाँ विज्ञापन खुल्छ उनले अहिलेको नतिजाले माग भएअनुसारको सिट पूरा नहुने भएकोले नतिजा सार्वजनिक भएपछि तुरुन्तै नयाँ विज्ञापन खोलीने बताए । ‘कतिमा हामीले मागेअनुसार नाम निकाल्न सकेनन्, कतिमा निकाल्नुपर्ने लोकसेवाको निश्चित मापदण्ड अनुसार भएनन्’ उनले भन ‘यो नतिजा आईसकेपछि पनि हाम्रो सिट खाली नै रहन्छ, फेरी विज्ञापन खोलिन्छ ।’

उनका अनुसार अहिले आयोगमा ३ सय ९ जना कर्मचारीको अभाव छ । पारदर्शी रुपबाटै नतिजा सार्वजनिक हुने उनको दावी छ । पाँचवर्ष अघि खुलेको विज्ञापनमा १ सय २६ जनाले मात्र परीक्षा दिएकाले धेरै पद खाली हुने र आफ्ना मान्छे राख्ने योजना बनेको परीक्षार्थीहरुको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप