मधेस आन्दोलनको माग सम्बोधनका बारेमा कांग्रेसद्वारा अन्तरक्रिया
वीरगंज -
[caption id="attachment_34298" align="alignleft" width="840"] ????????????????????????????????????[/caption]नेपाली कांग्रेसको आसन्न १३ औं राष्ट्रिय महाधिवेशनमा मधेश आन्दोलनले उठाएका मुद्दाहरुलाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा आज वीरगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वीरगंजको होटल मकालुमा आयोजित कार्यक्रममा नेपाली कांग्रसका महाधिवेशन प्रतिनिधिहरुले आसन्न कांग्रेसको महाधिवेशनमा मधेशका मुद्दाहरुलाई गम्भिरताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस पर्साका पुर्व सभापति एवं सभासद अजय द्विवेदीले मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसीले मधेसको मागलाई सम्बोधन गराउने मुख्य दायित्व रहेकोले महाधिवेशनमा साझा एजेन्डा बनाएर जाने प्रतिबद्धता व्यक्त गरेका छन् । नेता द्विवेदीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद एवं मधेशवादी नेता आत्माराम साहले अन्तरिम संविधानका कतिपय कुरालाई समेत नया“ संविधानमा उल्लेख नगरिएको, मधेशका हक अधिकार कुण्ठित भएको र मधेशीलाई अल्पमतमा पार्ने षडयन्त्र गरिएको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि जनाद्र्धन सिंह क्षेत्री, महाधिवेशन प्रतिनिधिहरु अशोक जैसवाल, ओमप्रकाश शर्मा, रामेश्वर रौनियार, डा. भगवान यादव, प्रकाश उपाध्याय, रामरुप कुर्मि, गोपाल कुर्मि, क्षेत्र नं. १ का क्षेत्रिय सभापति विजय सर्राफ, २ का अरविन्द गुप्ता, ४ का बब्लु श्रीवास्तव, नगर सभापति भोला साह कलवार, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, पुर्व केन्द्रिय सदस्य अनिल तिवारी, नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जारा, पूर्व सभापति दिपेन्द्र चौहान, अशोक तिवारी, कांग्रेस नेता दिना गुप्ता लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण