आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानद्वारा २० भारतीय माझी पक्राउ

आइतबार, १६ फागुन २०७२, १९ : ५३
आइतबार, १६ फागुन २०७२

कराँची - पाकिस्तानले २० भारतीय माझी पक्राउ गरेका छन् । ती माझीहरुले गैरकानूनी रुपमा जलक्षेत्रमा प्रवेश गरेको आरोप पक्राउ गरिएको सामुद्रिक सुरक्षा निकायले जनाइएको छ ।

ती माझीहरुलाई कराँचीको दक्षिणी सहरमा आइतबार बिहान सबेरै पक्राउ गरिएको र उनीहरुको डुङ्गासमेत कब्जा गरिएको बताइएको छ । ती माझीहरुलाई भोली अदालतमा उपस्थित गराइने तयारी भइरहेका प्रहरी अधिकारी फिदा हुसेनले एएफपी समाचार समितिलाई बताएका छन् । भारत र पाकिस्तानका माझीहरु बारम्बार एक अर्काको जलक्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा पक्राउ पर्ने गरेका छन् । अरेबियन समूद्रस्थित यी दुई देशको सीमामा जलक्षेत्रको प्रष्ट पारिभाषा नभएको यसप्रकार बारम्बार माझीहरु पक्राउ पर्ने गरेका छन् । यसरी पक्राउ पर्ने प्रायलाई जेल सजायपछि पनि उनकै गृहराष्ट्रको अधिकारीहरुलाई बुझाइने गरेको पनि प्रहरी अधिकारीले जानकारी दिएको छ । अदालत यसप्रकार गैरकानूनी रुपमा जलक्षेत्रमा प्रवेशगरी कानून उलङ्घन गरेको आरोपमा कम्तीमा एक वर्षसम्म जेल सजाय गर्नसक्ने प्रावधान रहेको हुसेनले बताएका छन् । कराँचीको लान्धी जिल्लामा अवस्थित जेलका वरिष्ठ अधिकारी साकिर हुसेनका अनुसार हालमात्र पनि चारसय भन्दाबढी भारतीय माझीहरुलाई पक्राउ गरिएको छ । रासस/एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप