काँग्रेसका सबै निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न
काठमाडौँ - नेपाली काँग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सकिएको छ ।
महाधिवेशन सुरु हुन तीन दिन बाँकी हुँदा क्षेत्रीय अधिवेशन सकिएको हो । क्षेत्रीय अधिवेशन हुन बाँकी रहेका रसुवा र महोत्तरी ३ नं क्षेत्रमा आज अधिवेशन भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । । यसअघि केन्द्रीय समितिले गत माघ २२ गते २४० वटै निर्वाचन क्षेत्रमा अधिवेशनको तिथि तोके पनि विभिन्न कारणले यी क्षेत्रमा अधिवेशन हुन सकेको थिएन । क्षेत्रीय अधिवेशन आजदेखि सकिएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
“काँग्रेसको विधानानुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन् । त्यसैगरी भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ र वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि सहभागी हुने निश्चित भएको छ”–उनले भने ।
पछिल्लो पटक क्षेत्रीय अधिवेशन सकिएका र विवाद रहेका गरी १० जिल्लामा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण