कालोबजारी भए सिधै मन्त्रालयले एक्सन लिने संयन्त्र बन्दै
काठमाडौं - कालोबजारी नियन्त्रण आपूर्ति व्यवस्था सहज बनाउन आपूर्ति मन्त्रालयले तत्काल कार्वाही गर्ने गरी संयन्त्र बनाउन लागेको छ । सूचना अउनासाथ तत्काल कार्वाहीका लागि परीचालन हुने गरी संयन्त्र निर्माण गर्न लागेको हो । ‘नियमित अनुगमन र सूचनाका आधारमा कार्वाही गर्नेगरी संयन्त्र निर्माण गर्न लागिएको हो’ मन्त्री पुनले रातोपाटीसंग भने ‘यसमा पहिलाको संयन्त्रलाई प्रभावकारी बनाई तत्काल कार्वाही गरीने व्यवस्था गरीने छ ।’ संयन्त्र आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा संयन्त्र गठन हुने छ । संयन्त्रमा टोल फ्रि नम्बर व्यवस्था गरी जनताले कालोबजारी वा आपूर्ति असहज भएमा तत्काल खवर गर्न मिल्ने व्यवस्था गर्ने मन्त्रालयको तैयारी छ । कण्ट्रोल रुम स्थापना गरी त्यहाँ रहने फोकल पर्सनले आएको सूचना सम्बन्धित ठाउँमा कार्वाही गर्ने व्यवस्था गर्ने मन्त्रालयको तयारी छ । कालोबजारी र आपूर्तिमा असहजता निम्त्याउनेका सूचना लिन आपूर्ति मन्त्रालयको सचिवालयमा कण्ट्रोल रुम स्थापना गर्ने तयारी भएको मन्त्रालय स्रोतले बताएको छ । ‘कण्ट्रोल रुपमा आएको सूचना मन्त्रीज्यू समक्ष पु¥याइने छ अनि कस्तो कार्वाही गर्ने भन्ने विषयमा मन्त्रीको निर्देशन अनुसार तत्काल एक्सन लिईने छ’ स्रोतले भन्यो । बजार अनुगमनका लागि अहिले कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा तालिमको क्रममा रहेका २ सय ३२ जना अधिकृतहरु परीचालन भएका छन् । कण्ट्रोलरुपमा कालोबजारी र आपूर्र्ति असहज भएको गुनसो आएका उनीहरुलाई खवर गरी तत्काल कार्वाही प्रकृया अगाडी बढाईने मन्त्रालयले जनाएको छ । पछिल्लो सयम आपूर्ति मन्त्री पुन आफै कालोबजारी नियन्त्रण र आपूर्ति सहजताका लागि लागि परेका छन् । देशमा असहज अवस्थामा आफैले चाँसो लिएर मन्त्रीले यस प्रकारको प्रभावकारी संयन्त्र गठन गर्न लागेको मन्त्रालयले जनाएको छ । यस बाहेक आपूर्ति असहज बनाउने र कालोबजारी गर्नेहरुलाई कार्वाहीका लागि पर्याप्त हुन नसकेको कानुनहरु बनाउने काम पनि अगाडी बढाईएको मन्त्री पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण