अपाङ्गलाई सीप मुलक तालिमको ब्यबस्था गर्छु : मन्त्री मैनाली
फागुन १७, सिन्धुलीमाढी – उपप्रधान, महिला तथा बालबालिका मन्त्री सिपि मैनालीले अपाङ्गता भएका ब्यक्तिहरुलाई सक्षम र सवल बनाउन सिप मुलक तालिम दिने बताएका छन् । आज सिन्धुलीमाढीमा राष्ट्रिय बहिरा महासंघ नेपालको १९ औं साधारण सभालाई संवोधन गर्दै मन्त्री मैनालीले फरक क्षमता भएका ब्यक्ति तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई आर्थीक रुपले सक्षम बनाउन सिप मुलक तालिम आबश्यक रहेको भन्दै तालिम दिनको लागि पहल गर्ने बताएका हुन् । अपाङ्गता भएका ब्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक रहेको र राज्यले त्यस्ता नागरीकलाई उचित तवरले संबोधन गर्न नसकेको बताउदै उप–प्रधान मन्त्रि समेत रहेका मैनालीले अव फरक क्षमता भएका ब्यक्तिलाई राज्यले आयमुलक र ब्यबसायि बनाउने बताए । समाजले जे जसरी हेरेपनि आफ्नो हात पाखुरामा सीप भएका ब्यक्तिहरुलाई समाजले बहिरा, तथा अपाङ्ग भएपनि सम्मानपुर्वक सिपकोलागि अपाङ्गलाई सम्मान गरेको भन्दै आय आर्जन गर्न सकिने सिपको तालिम माग भएमा आफुले सिप दिलाउनको लागि पहल गर्ने बताए । बहिराहरुका निम्ति रहेका संघ तथा संस्थाहरुले उनीहरुको मागका आधारमा सिपमुलक तालिम माग गरेमा सिटिभिटिइ लगाएत अन्य मान्यता प्राप्त तालिम केन्द्रसंग सरकारले समन्वय गरेर तालिम दिन सकिने बताए । यदि अपाङ्गगता भएक ब्यक्तिहरु पनि एउटा सिप सिकेर ब्यवसाय सञ्चालन गर्न सक्ने हो भने उनीहरुको मात्र नभई देशकै भविष्य उज्यालो तर्फ लम्कने बताए । आर्थिक सम्बृद्धिको जति कुरा उठाएपनि अपाङ्गता भएका ब्यत्ति आफनै खुट्टाम उभिन सक्ने हो भने पनि नेपालको बैदेशिक राष्ट्रले हेने दृष्टिकोण पनि परक हुने उनको बुझाई थियो । यस्तै सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री मैनालीले नेपाली कंग्रेसको महाधिवेसन पछि राष्ट्रिय सरकार गठन हुन नसक्ने बताए । देशको समस्या समाधान गर्नु पहिलो महत्वपुर्ण विषय भएको भन्दै सरकार परिवर्तन भने तत्कालाई नहुने बताए । प्रधानमन्त्रि केपी शार्मा ओलीको भारत भ्रमण सफल भएको बताए । प्रधानमन्त्रीको भ्रमणबारे बाहिर हल्ला आय जस्तो नभई सफलभएको दावि गरे । भारतले भ्रमणका सवालमा विज्ञप्ती जारी नगरेको विषयमा असफल भयो भन्नु गलत तर्क भएको बताए । नेपाल पहिल्यै देखि स्वतन्त्रमुलुक भएको बताउदै नेपाल र नेपालीले बैदेशिक हस्तक्षेप नसहने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण