इन्भेष्टमेण्ट बैंकमा भिसा डिरेक्ट अनलाइनबाट गर्न सकिने रेमिटेन्स सुविधा
काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट बैंक लि र नेपालको अग्रणी बैंक तथा भुक्तानीहरूमा संसारमा सबैभन्दा स्थापित नाम भिसाले आज एन.आइ.बि.एल. भिसा डिरेक्ट सुविधा सुचारू गरिएको घोषणा गरेका छन् । यो सुविधा नेपालमा पहिलो पटक प्रस्तुत गरिएको हो । एन.आइ.बि.एल. भिसा डिरेक्ट एउटा यस्तो नवीनतम सेवा हो जसले रेमिटेन्सका सुविधाहरूलाई सहज बनाएको छ र यसबाट नेपाल इन्भेष्टमेण्ट बैंकमार्फत् स्वदेश भित्रका कुनै पनि भिसा कार्डवाहकका लागि नेपाली रुपैयाँमा रकम आदान–प्रदान गर्न सकिन्छ । यो सेवाबाट एन.आइ.बि.एल. का खातावालहरुले भिसा कार्ड प्रयोग गर्ने ग्राहकका लागि एन.आइ.बि.एल. भिसाको क्रेडिट, डेबिट वा प्रिपेड कार्डमा रकम पठाउन सकिन्छ । देशभित्र रकम पठाउन तथा पाउनका लागि यो एन.आइ.बि.एल. भिसा डिरेक्ट नयाँ विकल्प बन्न सक्छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.का प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे भन्नुहुन्छ, “एन.आइ.बि.एल. भिसा डिरेक्ट नेपालमा प्रस्तुत गरिएको नयाँ सुविधा हो र यसले आन्तरिक रेमिटेन्सका सुविधाहरूलाई अझ सहज बनाएर एउटा नवीन प्रणाली प्रस्तुत गर्न सक्छ ।’ भिसा डिरेक्टको सुविधा लिन नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकहरूले इन्टरनेट बैंकिङको प्रयोगका साथै बैंकले दिने अन्य प्रयोगकर्ता सुविधा लिन सक्नुहुन्छ जसलाई भिसा कार्डको नम्बर प्रदान गरी आफूले इच्छाएको रकम पठाइ कारोबार गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण